नायिका गरिमालाई नाँगिनु पर्ने हो की भन्ने चिन्ता

एउटा जिउदो इतिहास बोकेको नेपाली चलचित्र झोला वैशाख ११ गतेबाट प्रदर्शन गरिने भएपछि निर्माणसंस्था चलचित्रको प्रचार- प्रसारमा जुटेको छ । चलचित्रको प्रचार गर्ने उद्देश्यले निर्माण गरिएको एउटा भिडियोमा नायिका गरिमा पन्न्तले ‘झोला’ मा काम गर्दाका अनुभव शेयर गरेकी छिन् ।

सति प्रथाको एउटा सिंगो कथा बोकेको चलचित्र झोलाको बारेमा नायिका गरिमा पन्तले आफ्नो सबै अनुभब बाडेकी छन |’सतीप्रथा नेपालको हकमा आफैमा एउटा इतिहास हो भन्ने गरिमा चलचित्र ‘झोला’ सिंगो नेपाली चलचित्रको प्रतिनिधित्व गर्ने बताउँछिन् ।

सतीको दृष्य निर्वाह गर्दा जुन खालको उत्साह थियो, त्यत्तिकै डर पनि लागेको थियो उनलाई । जिउँदै चित्तामा बस्नुपर्ने, सतीले मलामीका अगाडि नाङ्गीनुपर्ने जस्ता दृष्य सुनेपछि निर्देशक भट्टराईसँग भनिन्-‘म नाङ्गै अभिनय गर्न त सक्दिन ।’

गाई गोठमा काम गर्नुपर्ने, मलामी जानु पर्ने चितामाथी सुत्नुपर्ने, त्रिशुलीको चिसो पानीमा डुबुल्की मार्नुपर्ने त्यस्ता दुःख त कति हो कति ति सब दुख भुल्नेगरि गरिमाको चारैतिर प्रसंसा भयो जसले गर्दा दोस्रो पटक चलचित्र रिलिज हुदा पनि उनि पहिले झैँ उत्साहित भएकी छन |

जुन परिवेश र भूमिकामा गरिमाले अभिनय गर्नुपर्ने थियो त्यहाँ दर्शकले कतै खोट लगाएका छैनन् |यसै बाट उनले सार्क सर्बोत्कृष्ट अभिनेत्रीको अवार्ड समेत पाइन् |

https://youtu.be/-lSXrBPx980

नेपालजापान डटकमबाट 

यो पनि पढ्नुहोस् 

लेख्नु कि नलेख्नु ?

कुवेतमा बन्द भयो नेपाली दुतावासको सेल्टर हाउस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: