
रामेछाप- रामेछाप जिल्लाबाट बैदेशिक रोजगारीमा जाने युवाहरुको लहर बढेसँगै दिनानुदिन युवाहरु कमाउने सपनामा जेलजीवन काटिरहेका छन् भने कतिपय मृत्यु बरण गरी काठको वाकसमा बन्द भएर फर्किरहेका छन् ।
तिनै युवाहरुको बैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र भरपर्दो बनाउने उद्धेश्यका साथ सुरक्षित आप्रवासन परियोजना(सामी) ले विगत एक वर्षदेखि जिल्लाका दुईवटा स्थानिय सेवा प्रदायक संस्था मार्फत् सुरक्षित बैदेशिक रोजगारी सम्वन्धि जिल्लाभर नियमित कार्यक्रम सञ्चालन गरिरहेको छ ।
बैदेशिक रोजगारीको शिलशिलामा खाडि लगाएत अन्य मुलुकमा जाने युवाहरु जानुपूर्वका आवश्यक सुचना, ट्राफिक नियम, श्रम कानुन, धर्मसंकृति, हावापानी जस्ता कुराको साधारण जानकारी समेत नहुँदा विदेशी भुमीमा युवाहरुले जोखिमपूर्ण अवस्थाहरुको सामना गरिरहेका छन् ।
सोही कुरालाई सडक नाटक मार्फत बुझाउने काम गरिएको सामुदायिक जनशक्ति विकास केन्द्रका कार्यक्रम अधिकृत सागर विक्रम बस्नेतले जानकारी दिए । तीन महिना अघि गन्धर्व गीति कार्यक्रम मार्फत पनि जिल्लामा ८६ स्थानमा सुरक्षित बैदेशिक रोजगारी सम्वन्धि सुचना प्रवाह गरिएको बस्नेतले बताए ।
हालसम्म रामेछाप नगरपालिकाको गौरीशंकर उ.मा.विको प्राङ्गगण, नागदहको चण्डीडाँडा, बिजुलीकोटको धोवि बजार, शैपुको चण्डेश्वरी उ.मा.वि, दुरागाउँको त्रिपुरेश्वर उ.मा.वि, भुजीको कास्थेम उ.मा.वि र कोलडाँडा, प्रितिको पुजारी गाँउ र चण्डेश्वरी मा.वि, र ठोसे बजार गरी दश स्थानमा सडक नाटक प्रदर्शन भईसकेको सामुदायिक जनशक्ति विकास केन्द्रका कार्यकारी प्रमुख रोशन पाख्रिनले बताएका छन् । नाटक हेर्न महिलाको विशेष उपस्थीति हुने गरेको पाख्रिनले बताए ।
नाटकका माध्ययमबाट बैदेशिक रोजगारीमा जाने मनस्थिति बनाएका र निर्णय लिईसकेका युवाहरुलाई कम्तीमा पनि कामसँग सम्वन्धित् आवश्यक सीप लिएर बिदेश गएमा उपलब्धिपूर्ण बन्ने कुरामा मनोरञ्जनको शैलीमा सुचना दिने गरिएको छ । यसैगरी ठगि तथा बैदेशिक रोजगारीका शिलशिलामा आईपरेका अन्य समस्या निराकरण गर्न आवश्यक सहयोग लिन सुरक्षित आप्रवासन सुचना तथा परामर्स केन्द्रमा आउन समेत जोड दिने गरिएको छ ।
सडक नाटक कार्यक्रम चैत्र २७ गतेसम्म जिल्ला कै रस्नालु, बेताली, नामाडि, फर्पु, खिम्ती, मन्थलीका विभिन्न दश स्थानमा प्रर्दशनी हुनेछ । सदरमुकाम मन्थलीमा अन्तिम प्रर्दशनी चैत्र २७ गते गर्ने कार्यक्रम रहेको कार्यकारी प्रमुख पाख्रिनले जानकारी दिए ।
यो पनि पढ्नुहोेस्
भेटिए साउदीमा हराएका परदेशी