चलचित्र रक्तभोगको प्रदर्शन मलेशियामा

मलेशिया- बोक्सी प्रथा विरुद्ध जनचेतनामूलक सन्देश बोकेको चलचित्र रक्तभोगले मलेशियाबाट विदेश यात्रा शुरु गरेको छ । नेपालका विभिन्न ठाउँमा प्रदर्शन भईरहेको चलचित्र रक्तभोगको मलेसियामा प्रदर्शन गरिएको हो । सोमवार सो चलचित्रको मलेशियामा पहिलो सो भएको मलेसिया पुगेका पत्रकार कमल पराजुलीले जनाएका छन् । क्वालालाम्पुरमा रहेको द खुुकुरी रेष्टुरेन्टमा भएको पहिलो सो मा मलेशियामा रहेका नेपाली ब्यवसायी तथा विभिन्न नेपाली संगठन र संस्थाका प्रमुखहरु सहभागी थिए ।

चितवनको माडीमा दुई वर्ष अगाडि बोक्सीको आरोप लगाएर आफ्नै आफन्तद्धारा निर्मम तरिकाले कुटपिट गरि जिउँदै जलाएर हत्या गरिएकी महिला ढेगनीदेवी महतोको सत्य घटनामा आधारित भएर निर्माण गरिएको चलचित्र रक्तभोग हेर्न विभिन्न देशमा रहेका नेपालीहरुबाट माग भएकोले मलेशियाबाट विदेशमा प्रर्दशन शुरु गरीएको रक्तभोग टिमले जनाएको छ । चलचित्र हेर्न गैरआवासिय नेपाली संघ एनआरएन मलेशिया, नेपाल मलेशिया बैदेशिक रोजगार समन्वय संघ, नेपाल जनसम्पर्क समिति मलेशिया, नेपाल जनप्रगतिशिल मञ्च लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु र मलेशियामा आएर व्यापार व्यवसायमा सम्लग्न रहेका अगुवा तथा पत्रकारहरु द खुकुरी रेष्टुरेन्टमा भेला भएका थिए ।

चलचित्र हेरिसकेपछि उनीहरुले चलचित्र रक्तभोगको प्रशंशा गर्दै यसले दिएको सन्देश देश र विदेशमा रहेका सवै नेपाली माँझ पुर्याउनु पर्ने बताए । गैरआवासीय नेपाली संघ एनएरएन मलेशियाका महासचिव सुनिल चालिसेले अहिले पनि नेपाली समाजमा बोक्सी जस्तो कुप्रथाका कारण धेरै नेपाली महिलाहरुले हिंसा खेप्न बाध्य भएको भन्दै यस्तै चलचित्रका माध्यमबाट यसलाई कम गर्न सकिने बताए ।

मलेशियामा चलचित्र रक्तभोगको पहिलो सो यहाँ रहेका अगुवा नेपालीहरुलाई देखाईएको र अव नेपाली कामदार धेरै रहेका विभिन्न क्षेत्रहरुमै पुगेर चलचित्र देखाईने निर्माता रामचन्द्र लम्सालले बताएका छन् । “यहाँ रहेका नेपाली दाजुभाई तथा दिदिवहिनीहरुलाई पनि यो चलचित्र देखाउने तयारी गरेका छौ” उनले भने । क्वालालापुर, जोहर, पेनाङ, बालाकोङ लगायत नेपालीहरु धेरै रहेको क्षेत्रमै गएर चलचित्र देखाउने तयारी भएको उनले बताए । मलेशियाका विभिन्न स्थानमा देखाएपछि नेपालीहरु धेरै रहेको अन्य देशमा पनि चलचित्र पुर्याईने उनले बताए ।

नेपालमा विभिन्न समुदाय र विद्यार्थी वर्गमा चलचित्र प्रदर्शन भैरहेको छ । नियमित प्रदर्शनका लागि अहिलेसम्म रिलिज नभएको चलचित्र रक्तभोगको प्रदर्शन यसरी नै नेपालमा विभिन्न समुदाय र विद्यार्थी तथा विदेशमा नेपालीहरुको समुहमा प्रदर्शन भैरहेको निर्माता लम्सालले बताए ।

विवि फुयालको निर्देशनमा बनेको चलचित्रमा ढेगनीदेवीको भुमिकामा नायिका सारिका घिमिरे देखिएकी छन । यस्तै अन्य कलाकारमा रामचन्द्र लम्साल, पोदराज पौडेल, शैलेस पौडेल, रचना पौडेल र ढेगनीको छोराको भुमिकामा बालकलाकार भुवन नेपाली र छोरीको भुमिकामा स्वस्तिका तिमिल्सेना रहेका छन । ढेगनीदेवीको हत्या भएको समयमा उनका अपराधीलाई पक्रिएका प्रहरीहरु र ढेगनीका साथीहरु नै पर्दामा कलाकारको रुपमा देखिएका छन् । साथै चलचित्रको सुटिङ प्राय सवै घटनास्थल चितवनको माडीमै गरिएको छ । यसले चलचित्रलाई अझै जीवन्त बनाएको निर्माता लम्सालले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: