कोरियामा अवैधानिक बस्ने बढे

दक्षिण कोरिया, इपिएस मार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका आप्रवाशी कामदारहरु भिषा अवधि सकिएपछि अबैधानिक बस्ने क्रम बढिरहेको छ । यसवर्ष केही हजारको भिषा अवधि सकिदैछ । इपिएस कोरियाका अनुसार ४ वर्ष १० महिना कोरियामा काम गरेका आप्रवाशीहरु स्वदेश फर्कनुपर्ने हुन्छ ।

यसवर्ष स्वदेश फर्कनुपर्ने नेपालीहरु पनि ठूलो संख्यामा छन् । इपिएस कामदार वैधानिक रुपमै स्वदेश फर्केमा उक्त देशलाई दिएको कोटमा बढावा आउने छ । बैधानिक हैसियतमै स्वदेश फर्केमा थेजिगुम पाउने र सिविटिमार्फत पुनः कोरिया आउने बाटो खुल्ला हुन्छ । तर अवैधानिक हैसियतमा बसिरहेका र बस्ने तयारीमा रहेकाहरु स्वदेशमा आर्थिक, राजनीतिक, समाजिक, साँस्कृतिक, पारिवरिक बेरोजगारी, महंगी, भष्ट्राचार, बन्द–हड्ताल, खुट्टातान्ने विकृति–विसंगति लगायतका विभिन्न कारणले देश फर्किन नचाहेको बताउँछन् । कोरियन भाषा परीक्षा पास गरी सूचिमा नाम दर्ताभएपछि विभिन्न पेशा, व्यवसाय, अध्ययन, अध्यापनमा संलग्न रहेकाहरु सबै त्यागेर कोरिया आउछन् । यहाँको कार्यशैली, परिश्रम र पारिश्रमकले लोभ्याएपछि आप्रवाशी कामदारहरु हत्तपत्त स्वदेश फर्किन मान्दैनन् । १ हजार डलर लगानीमा मासिक १ हजार डलरभन्दा बढि कमाई हुने कोरियामा वर्षेनी हजारौं आप्रवाशी कामदारहरु इपिएस मार्फत आउने गर्छन । कोरियाले वर्षेनी इपिएस मार्फत छिमेकी १५ मुलुकबाट ५० हजारभन्दा बढि कामदार भित्राइरहेछ । नेपालीहरु २ हजारको हाराहारीमा अवैधानिक हैसियतमा लुकिछिपि काम गरिरहेका अनुमान छ । उमेर हदवन्दी: आप्रवाशी (अदक्ष इ–९) कामदार लिने प्रक्रियामा कोरियाले १८ देखि ३९ बर्ष हुनुपर्ने प्रावधान राखेको छ । जसमध्य कोरिया आएर ३९ वर्ष उमेर नाघेका अधिकाश आप्रवाशीहरु अवैधानिक बस्ने गरेका छन् । ३९ वर्ष उमेर नाघेपछि पुन कोरिया आउन नपाइने कारण उनिहरु अवैधानिक भएपनि अलिक वर्ष कमाउन रुचाउछन् । श थरका ४१ वर्षिय एक व्यक्तिले भने ‘उमेर हदबन्दीमा खुकुलो बनाउने हो भने अवैधानिक संख्यामा कमी आउने थियो ।’ रोजगारकेन्द्रको लापवार्ही: करिब ६ महिना अगाडि रोजगार अनुमति प्रणाली मार्फतको इ–९ भिषामा कोरिया आएका संखुवासभाका के थरका २३ वर्षिय युवक रोजगारकेन्द्रबाटै अवैधानिक भए । रोजगारस्थान परिवर्तन गर्नका लागि रोजगारकेन्द्रले दिएको ३ महिनाको अवधिमा उनि काममा लाग्न सकेनन् । अन्ततः उनि अवैधानिक भए । ‘राम्रो काम खोज्दा खोज्दै ३ महिना वित्यो । कुनै कम्पनीले मलाई राखेन, कुनै कम्पनीमा मैले काम गर्न चाहिन । योजना थियो लिगल बस्ने । भिषा सकियो । सोंचे जस्तो कमाई र बचत नभएको वहानामा योजना तुहियो । अन्तत ः उनि अवैधानिक बसें ।

हुण्डी व्यवसाय: कोरिया आएदेखिनै ‘हुण्डी’ अवैधानिक व्यवसाय गर्दै आएका के थरका एक कामदार नाफामुखि उक्त व्यवसाय छोड्न लोभ लागेका कारण अवैधानिक बसेका छन् । उनले नेपालीहरुको पैसा संकलन गरी केही कमिसन खाएर हुण्डीबाट नेपाल पठाइदिने गरेका छन् । उनिजस्तै इपिएस लागु हुनु पूर्वनै कोरिया आएर अवैधानिक हैसियतमा काम गरिरहेका केही नेपालीहरुपनि अवैधानिक हुण्डी चलाउनकै लागि कोरियामा लुकिछिकि बसिरहेका छन् । “कम्पनीको कमाइभन्दा हुण्डीबाट बढि आम्दानी हुन्छ ।’ नाम नलेख्ने सर्तमा उनले भने ‘यहाँ यतिकै कमाईरमाई छोडी देश जानु के मलाई बौलाहा कुकुरले टोकेको छ र ?’ पारिवारिक रहर: ‘कोरियामा आर्जन गरेको शीप, शैली र अर्थको सही सदुपयोग गर्ने खालको व्यवसाय गर्ने चाहना थियो ।’ चितवनकी जि थरकी एक महिलाले भनिन् ‘भिषा अवधि सकिन केही समय बाँकी छ । घरबाट अलि समय कोरियामै बस भनेका छन् । १–२ वर्ष ओभरस्टे बस्छुहोला ।’ कृर्षिमा काम गाह्रो भएर: कृर्षि क्षेत्रमा काम गर्न आउनेहरु लामो समय खट्न नसकेर अवैधानिक हुने गरेका छन् । दैनिक १२ घण्टाभन्दा बढि लगातार काम । महिनामा २ दिनमात्र विदा । खाना र बस्न असहज । श्रम अनुसार ज्याला कम । साहुको दुव्यवहार । वाहिर काम गर्नुपर्दा घामपानी सहन गाह्रो लगायतका कारण कामदारहरु काम गर्न नसकेर भाग्ने गरेका छन् । स्वदेशको व्यथिति: स्याङ्जाका अ थरका २८ वर्षिय युवा भन्छन् ‘घरमा बुबालाई सोधें, नेपालमा लगानी गर्ने वातावरण कस्तो छ ? जवाफ आयो–महंगी र लोडसेड्रिङले हैरान छ । के व्यवसाय गर्छस । अझ दुई चार वर्ष त्यतै बस ।’ ख्वान्जुस्थित एक मेटल कम्पनीमा दैनिक १५ घण्टा काम गर्ने उनले भाइवरमा गुनासो गरे । ‘यहाँ काम अनुसार दाम छ । स्वदेशमा जागिरको कुरै छाडौं, सानोतिनो व्यवसायका लागि हामीलाई वातावरणसम्म छैन ।’ धादिङका रा थरका ३९ वर्षिय एक युवक पनि ४ महिना अघिदेखि लुकीछिपी काम गरिरहेका छन् । ‘कोरिया आएर समय र परिश्रमको महत्व थाहा भयो ।’ उनि भन्छन् ‘अब अलिक वर्ष कमाएर फर्किनुपर्ला ।’ त्यस्तै म थरका एक युवक भन्छन ‘गाह्रो भएनी श्रम अनुसार ज्याला छ । नेपालमा गएर केही गर्ने वातावरण देखे पो त आफ्नै देश जाऊ जाऊ लाग्छ ।’ कोरियामा अवैधानिक बस्ने कारण खोजी नेपालमा लगानी गर्ने वातावरण सिर्जना गरिदिएमा अवैधानिक संख्यामा न्युनिकरण हुने थियो की अर्का ला थरका एक युवकले भने ।

हेल्लो नेपालकोरिया डटकमबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: