हाम्रो प्रेम सम्वन्धमा यसले फरक पार्दैनः अनुष्का

त्रिकेटको जारी विश्वकपबाट भारत बाहिरिएपछि भारतमा मात्र नभई विश्वका विभिन्न भागमा भारत समर्थकले ठूलै तमासा देखाए । कतै खेलाडीकोे पुत्ला जलाइयोे, कतैै टीभीहरु फुटाइए । त्यहि क्रममा भारत सेमिफाइनलबाट बाहिरिएपछि बलिउड अभिनेत्री अनुष्का शर्माले पनि निक्कैै आलोचना खेप्नु पर्यो ।

कारण थियो अनुष्काका प्रेमी विराट कोहली एक रनमै आउट हुनु । धेरैले यी दुईबीचको सम्बन्धलाई खेलसँग जोड्न समेत भ्याए र अनुष्काको मजाक उडाए। तर, शर्माले अरुको आलोचना र मजाकले आफूहरुको सम्बन्धमा कुनै फरक नपर्ने बताएकी छन्। फिल्मफेयर पत्रिकाका अनुसार एक भारतीय क्रिकेट प्रशंसकको हैसियतमा क्रिकेट हेर्न जाँदा आफ्नो अनावश्यक चर्चा भएको अनुष्काले गुनासो गरेकी छिन् । उनले विराटले राम्रो खेलेपनि आफ्नो नाम आउने र नराम्रो खेलेपनि आरोप लाग्ने भएकाले विराटले जे गरेपनि आफू जोडिने भन्दै गुनासो गरेकी छिन् । तर उनले आफूहरु दुवैजना आ आफ्नो काममा लागिरहेकाले आलोचनाले प्रेम सम्बन्धमा कुनै फरक नपार्ने पनि बताइन्।

यो पनि पढ्नुहोस् नेपालमा उजुरी हालेपछि मलेसियामा भने अनुसार तलव र नेपाल फर्केकाले पाए क्षतिपूर्ति

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय