ट्रेड युनियन मुलुकका लागि क्यान्सर हुन्ः सभाषद

काठमाडौं- निजामती सेवाको ट्रेड युनियन मुलुकको क्यान्सर भएको धारणा संसद्को राज्य व्यवस्था समिति बैठकमा सोमबार सहभागी अधिकांश सभासद्हरूले राखेका छन्। सभासद्हरूले दलगत नभएर निर्वाचन गरी एकमात्र आधिकारिक ट्रेड युनियनको व्यवस्था गर्न सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग मागसमेत गरे।

मन्त्री पण्डितले वीर अस्पतालमा मात्र २६ वटा ट्रेड युनियन रहेको उदाहरण दिँदै कार्यालय समय १० बजेदेखि ५ बजेसम्मम ट्रेड युनियनको भूमिका कम गराउनेबारे सोचिरहेको जानकारी दिए। प्रजातान्त्रिक आन्दोलन २०४६ र लोकतान्त्रिक आन्दोलन २०६२ ०६३ को नेतृत्व लिएका प्रमुख दल नै निजामती सेवालाई अमर्यादित बनाउन जिम्मेवार रहेको भन्दै सम्बद्ध दलका सभासद्हरूले बैठकका क्रममा आलोचना गरे। तराईमधेस लोकतान्त्रिक पार्टीका बृजेशकुमार गुप्ताले ट्रेड युनियन निजामती सेवाको क्यान्सर नै भएको उल्लेख गर्दै यसको उन्मूलन गर्न ट्रेड युनियन हटाउनुपर्ने बताए। राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले पनि दोहोर्‍याए, वास्तवमै ट्रेड युनियन क्यान्सर हो। कांग्रेस सभासद् आरजू राणा देउवाले एकातिर ट्रेड युनियनको गतिविधि, अर्कोतर्फ एउटै फाइल पाँचछ वर्षसम्म घुमिरहने प्रक्रियाले राष्ट्रको विकास र जनताको दैनिकी कष्टकर बनेकोतर्फ गम्भीर हुन मन्त्री पण्डितलाई आग्रह गरिन्। एमालेका यज्ञ सुनुवारले भने, पहाडमा कांग्रेस, एमाले र एमाओवादी तथा तराईमा थप केही मधेसवादी दलहरूसमेतका ट्रेड युनियनको क्यालेन्डर झुन्ड्याउँदै काम गर्नुको उद्देश्यबारे जानकारी माग्दा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारीलगायत अधिकारीहरूले पूर्वसावधानीको चिह्न भन्ने गरेका छन्। उनले ट्रेड युनियनका नाममा मुलुकलाई नै असफल गराउने षड्यन्त्र रहेको दाबीसमेत गरे। कांग्रेसका अर्जुन जोशीले निजामती सेवाभित्र कार्यालयपिच्छे दर्जनौं ट्रेड युनियनको जन्मले राज्य संयन्त्रमै अप्ठ्यारो पारेको बताए। एमालेका रामेश्वर फुयाँलले भने सिंगो निजामती सेवाको एउटै ट्रेड युनियन हुनुपर्ने बताए। उनले मन्त्री पण्डितसँग प्रश्न गरे, ट्रेड युनियनको निर्वाचन किन हुन सकेन? कसको कारणले भएन ? बैठकले ट्रेड युनियनका गतिविधि मर्यादित, व्यवस्थित र जिम्मेवार बनाउन ुट्रेड युनियनुको आधिकारिक निर्वाचन आगामी आर्थिक वर्षभित्र गर्न नेतृत्वदायी भूमिका खेल्न मन्त्री पण्डितलाई निर्देशन दिएको छ। सरुवाबढुवाको खेती त्यागौं : मन्त्री पण्डित

राज्यव्यस्था समितिको बैठकमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सभासद्हरूलाई सरुवाबढुवाको खेती त्याग्न आग्रह गरे। अब अति भयो, सभासद्, दल र दलका नेताहरू, मन्त्रीहरूले मात्र सरुवा बढुवाको खेती त्यागे निजामती सेवा अत्यधिक मर्यादित हुन्छ, उनले भने। उनले असार अन्त्यमा सबै मन्त्री, दलका नेता र सभासद्हरू सरुवाबढुवाका लागि सामान्य प्रशासन मन्त्रालयमा केन्द्रित हुँदा संसद् नचल्ला भनेर आफूलाई डर लागेको बताए। मन्त्री पण्डितले ट्रेड युनियनका साथीहरूले मन्त्रालयका सहसचिव बाबुराम अधिकारीलाई हात हाल्दा उनले सात दिन अस्पतालमै बस्नुपरेको सभासद्हरूसँग स्मरण गराए । एक नायब सुब्बाको सरुवाका लागि प्रमुख दलका ३७ सभासद्, कांग्रेसदेखि क्रमैसँगका ६ ७ वटा पार्टीले समेत पहुँच लगाए तर मैले सरुवा गरिन, उनले भने। अन्नपूर्ण पोष्टबाट

यो पनि पढ्नुहोस् विदेश जाने कामदार ठगिए भन्दै सर्वोच्चमा हालियो रिट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: