‘कतारमा श्रमिकलाई दास नबनाउ’ भन्ने व्यानर देखाउने नेपाली महिला पक्राउ

मेलवर्न -भारत र बंगलादेशबीच मेलवर्नमा विश्वकप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल प्रतिस्पर्धा भयो । सवै समर्थकहरु आ आफ्ना टीमको हौसला बढाउन, खुुसी मनाउन व्यस्त थिए । तर एनआरएन अन्तराष्ट्रिय समन्वय कमिटीकी सदस्य तथा माइग्रेण्ट वेलफेयर कमिटीकी उपाध्यक्ष दिपा राईको दिमागमा अर्कै कुरा खेल्दै थियो ।

उनी त्यहाँ केवल खेलको रमाइलोका लागि मात्र आएकी थिइनन् । उनी त्यहाँ जम्मा भएका र विश्वभरीबाट क्रिकेट हेरिरहेका करोडौं दर्शकलाई सन्देश दिने योजनामा थिइन् । उनले एउटा व्यानर बोकेकी थिइन् जसमा लेखिएको थियो कतारमा आप्रवासी कामदारलाई दासलाई जस्तै गरिंदै आएको व्यवहारको विरुद्धमा एक हौं ।

दुर्भाग्य कुनै पनि टेलिभिजका क्यामेराले त्यो व्यानर देखाएनन् । तर उनलाई प्रहरीले त्यो व्यानर देखाएको अभियोगमा उल्टै पक्राउ पो गर्यो । खेल सकिएपछि उनलाई रिहा गरियो ।

पढौं उनलाई के भयो त ? दिपाकै शव्दमाः ‘मैले सो खेलकुदका दौरान सन्देशलाई फैलाउने उद्धेश्यले एउटा ठाउँमा सो व्यानरलाई लगाएँ जहाँ भारतीय समर्थकहरु थिए । धन्यवाद अमृता साह र अतितलाई जसले यसमा मलाई सघाए ।

हामीले सुरक्षाकर्मीलाई त्यो राख्ने अनुमति माग्यौं । केवल तीन मिनेटका लागि । उसले त्यो राख्न दिने नदिने बारेमा उसको वाकिटकीबाट अरु कसैलाई सोध्यो । एकजना प्रहरी आयो र उसले सो व्यानरमा के छ भनेर सोध्यो । मैले मेरो टिसर्टमा जे लेखिएको छ, त्यहि हो भनें ।

मलाई लगत्तै त्यहाँबाट प्रहरीले लग्यो । त्यहाँ अरु केहि हल्लाखोर पुरुष पहिले नै थनिएका थिए । प्रहरीले मेरो मोवाइल खोसेर राखिदियो किनकी उनीहरुका अनुसार म प्रहरी हिरासतमा थिएँ । मैले मेरो अपराध के हो भनेर सोध्दा खेल प्रतियोगितामा कुनै पनि राजनीतिक कुरा बन्देज भएको उनीहरुले जवाफ दिए ।

मैले यसरी व्यानर लिएर आउनु हुन्न भन्ने बारेमा कहिं कतै सुचना, जानकारी किन दिइएको छैन त भनेर प्रश्न गरें । के क्रिकेट, फुटवल वा रग्वीमा नियम फरक हुन्छ र भनेर मैले सोधें । मैले दुईजना अष्ट्रलियन नागरिकलाई मृत्युदण्ड दिइंदा हामीले यति ठूलो आवाजमा त्यसको विरोध गर्छौं भनें सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता हुँदासम्ममा ४ हजार कामदारको मृत्यु हुने भएकाले त्यसका विरुद्धमा सचेत बनाउन खोजेको बताएँ ।

त्यसरी मर्ने मध्ये भारतीय, नेपाल र बंगलादेशी नागरिक हुने उनीहरुलाई प्रष्ट्एँ । त्यसैले हामी भारतीय, बंगलादेशी र नेपाली नै समर्थक रहेको ठाउँमा सो व्यानर राख्न खोजिएको मैले भनें ।

मलाई आज(घटना भएको दि) जे भयो त्यसमा कुनै लज्जाबोध भएको छैन । मलाई त गर्व छ मैले जे गरें । मेरा भारतीय समर्थक साथिहरुसँग मैले सो व्यानर राखेर फोटो खिच्न भ्याएँ, मलार्ई खुसी छ ।

तर एउटा कुरा मैले आज बुझें, कतारमा भइरहेको कामदार माथिको शोषण रोक्नका लागि अझ धेरै दवावको खाँचो छ । अष्ट्रेलिय जसले कतारबाट सन् २०२२ को विश्वकप फुटवल प्रतियोगिता खोसिएमा प्रतियोगिता आयोजनाको अवशर पाउनेछ, त्यहाँ त यस्तो व्यवहार छ भनें स्वयं कतार जहाँ धेरै श्रमिकको चिहान खन्ने काम भइरहेछ त्यहाँबाट के आशा गर्ने ? त्यसैले हामीले श्रमिकको अधिकारका लागि संघर्ष जारी राख्नु पर्छ ।

उनले भारत र बंगलादेश बीच हुने प्रतिस्पर्धाका अवशरमा सो व्यानर प्रदर्शन गरेर कतारमा श्रमिक माथि भइरहेको शोषण र अत्याचारका बिरुद्धमा सचेत बनाउने उपयुक्त अवशर भएका कारण व्यानर प्रदर्शन गरेको र यसमा आफूलाई गर्व भएको बताएकी छिन् ।

यो पनि पढ्नुहोस् एउटा परदेशीले अलग बाटो रोजेपछिः अब उसको छोरीले कसलाई बाबा भन्छे ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय