परपुरुषसँगको सम्वन्धका कारण हत्यारा बोलाएर श्रीमानको हत्या

विराटनगर- विराटनगर १९ की सुशीला साहले भारतबाट मानिस झिकाएर आफ्नै पतिको हत्या गरेको खुलेको छ। मिलमा मजदुरको रुपमा काम गर्दै आएका ३४ वर्षीय राजेश साहको मृत्यु भएको घटनामा पत्नी सुशीला र भारतीय नागरिकको संलग्नता खुलेको मोरङ प्रहरीले जनाएको छ।

पतिको हत्या गर्न सुशीलाले चारजना भारतीय नागरिकलाई विराटनगर झिकाएको प्रहरी अनुसन्धानले देखाएको छ। लामो समयदेखि योजना बनाएर सुशीलाले पति हत्याको निम्तो दिएपछि भारतको किसानगन्ज जिल्लाबाट भारतीय नागरिक आएर राजेशको हत्या गर्न सुशीलालाई सहयोग गरेको देखिन्छ, अनुसन्धानमा संलग्न एक प्रहरीले भने। सुशीलाको माइती पनि किसानगन्जनै हो। राजेशको लास फागुन २३ गते ओछ्यानमा घाँटीमा डोरीले कसेर हत्या गरेको अवस्थामा फेला परेको थियो। राजेशको शव सिरकले छोपेर राखिएको अवस्थामा फेला परेको थियो। ओछ्यानमा राजेशको शव भेटिएपछि पत्नी सुशीलालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका थियौं, मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालले भने, अनुसन्धानका क्रममा भारतीय लगाएर पतिको हत्या गरेको खुलेको छ। सुशीलालाई कर्तव्य ज्यान मुद्धा चलाउनका लागि म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी ढकालको भनाइ छ। खाना खाएर राजेश र १० वर्षीय छोरा एउटा कोठा र आमा तथा १३ वर्षीय छोरी अर्को कोठामा सुतेका रहेछन्,ु डीएसपी ढकालले भने, पछि छोरा आमाको कोठामा सुतिरहेको भेटिए। इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ओमप्रकाश खनालका अनुसार हत्यामा संलग्न भारतीय नागरिकहरुलाई भने पक्राउ गर्न सकिएको छ। आफन्त र छिमेकीले भने परपुरुषसँगको सम्बन्धका कारण सुशीलाले पतिको हत्या गरेको बताएका छन्।

स्थानीय बासिन्दाले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी सुँडीटोलमा रक्सी पसल संचालन गर्ने सुशीलाले पतिको हत्या गर्नु पर्ने कारण परपुरुषसँगकै सम्बन्ध रहेको बताएका छन्। स्थानीयले जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्दै उनीहरुले हत्यारालाई कारवाहीको माग राखेर ज्ञापन पत्र समेत बुझाएका छन्। पत्रकार सम्मेलनमा मृतकका दाजु दिनेश साहले पैसाको प्रलोभन देखाएर अपराधी उम्काउने खेल भइरहेको आरोप लगाए। दुई बर्ष पहिले राजेशलाई छाडेर हिंडेकी पत्नी सुशीलालाई राजेशले छोराछोरीको लालनपालनमा सहयोग हुने भन्दै ससुरालीको सहयोगमा पुनः घर फर्काएका थिए।

अन्नपूर्ण पोष्टमा किशोर बुढाथोकीले लेखेको समाचार

यो पनि पढ्नुहोस् कम्पनीले पासपोर्ट राखिदिएका कारण एमआरपी बनाउन समस्या

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय