
धनुषा- काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दैनिक रुपमा सयौं युवा नयाँ पासपोर्ट बोकेर वैदेशिक रोजगारका लागि उडिरहन्छन् । उनीहरु मध्ये अशिकाँशलाई उनीहरु जाने देशका बारेमा कुनै जानकारी हुन्न ।
विदेश जानेहरुले अनुभव गरेकै हुनुपर्छ ति मध्ये अधिकाँशले विमानस्थलमा भर्नुपर्ने गमनपत्र भर्न समेत जानेका हुन्नन् । उनीहरु कुन देश जाँदैछन् भनेर सोध्दा थुप्रैले आफू कुन देश जाँदै छु भन्ने जानकारी समेत नभएको बताउँछन् ।
उनीहरु त्रसित हुन्छन् । तर पनि अहिलेको भन्दा सुन्दर भविष्यको सपना सवैको हुन्छ । तर त्यसरी जानेमध्ये कतिपय काठको बाकसमा बन्द भएर फर्किने गरेको यथार्थ हो । हाल नेपालमा सरदर दैनिक चारवटा लाश आउने गरेको तथ्याँक छ । त्यसमध्ये कतारबाट मात्र महिनामा सरदर १५ वटा लाश आउने गरेको छ ।
चरम दुव्र्यवहार र शोषण कतारका लागि पूर्व नेपाली राजदुत डा. सूर्यनाथ मिश्रका अनुसार कतारमा कार्यरत नेपाली सवैभन्दा कम तलव पाउने मध्येमा पर्छन् । उनीहरु धेरै शोषणमा पर्ने गरेको मिश्रको भनाई छ । सीपको अभाव र अशिक्षा यसको मुख्य कारण भएको उनी बताउँछन् ।
किसुन दास केवल आठ महिना अघि कतारका लागि उडेका थिए । ३८ बर्षे किसुन परिवारको कमाउने एक्लो व्यक्ति थिए जसका ५ जना छोराछोरी छन् । तर दुर्भाग्य किसुनका कान्छो भाइ अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दाजुको शव पर्खिरहेका छन् ।
उनी किन एक्लै आए त ? घरका अरु आउनलाई भाडा थिएन उनले भने । तर घरबाट उनको फोन हरेक मिनेटजसो बजिरहेको थियो के किसुनको शव आईपुग्यो भनेर । यसले उनीहरुको व्यग्रतालाई प्रष्ट्याई रहेको थियो ।
फेरी फोन बज्यो । उनले आफूले कागजपत्रमा सहिछाप गर्दै गरेको बताए । उनका अनुसार उनका दाजुले कुनै क्षतिपूर्ति पाउने देखिएन ।
के भन्छ कतार ? कतारमा ठूलो मात्रमा आप्रवासी कामदारको मृत्यु भइरहेको सन्दर्भमा राखिएको जिज्ञासामा कतारको श्रम मन्त्रालयका प्रवक्ताले कतार सरकारले कामदारलाई शोषणमा पर्न नदिन पर्याप्त प्रयत्न गरिएको बताए । सइद अल मरिकीले बर्षमा ४ सय जति भारतीय र नेपाली कामदारको मृत्यु कतारमा हुने गरेको बताए ।
‘यो निश्चयनै दुःखको कुरा हो’ प्रवक्ता मरिकीले भने ‘तर हामी हरेक मृत्युको कारण शोषण र कार्यथलो सुरक्षित नभएको आरोपको भनें खण्डन गर्दछौं ।’
उनले कतारमा हालैका दिनमा गरिएको परिवर्तनका बारेमा पनि प्रष्ट्याए । उनले त्यसका लागि काम गरेको तलव पाउने व्यवस्थाको ग्यारेन्टी, बसोवासको स्थीतिमा गरिएको सुधार तथा नियम नमान्नेलाई गरिएको जरिवाना बृद्धिलाई अघि सारे । उनले भने ः कतारमा कार्यरत धेरै कामदारलाई असल व्यवहार गरिएको छ, र थोरै जो शोषणमा परेका छन् उनीको सुरक्षाका लागि पनि कतारको श्रम कानूनमा सुधार गरिंदैछ ।
विमानस्थलमा साँझको पौने आठबजे कतार एयरवेजको जहाज त्रिभुवन अन्तराष्टिय विमानस्थलमा अवतरण गर्यो । दिनमा तीनवटा उडान भएको कतार एयरको यो आजको अन्तिम फ्लाइट थियो । त्यसमा आएका सयौं यात्रु मध्ये अधिकाँश बैदेशिक रोजगारबाट फर्किएका कामदार हुन् ।
कतारले सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता आयोजना गर्ने अधिकार पाउनु अगाडीसम्म नेपालबाट कतारमा कतार एयरवेजले दैनिक एउटा उडान गथ्र्यो ।
विमानस्थलको कार्गोको कार्यालयमा एउटा काठको बाकस आइपुग्यो । त्यो किसुनको लाश राखिएको बाकस थियो । तर त्यो समान्य घटना भइसकेर होला त्यहाँ कुनै मानविय संवेदन देखिन्नथ्यो ।
त्यो काठको बाकस एउटा जीपमा हालियो । त्यो जीप सरकारले निःशुल्क रुपमा शव लैजान उपलव्ध गराएको हो । किसुनका भाईले काठमाडौंबाट सात घण्टाको यात्रामा दाजुको शव धनुषा पुर्याउने छन् ।
गाउँ पुगेपछि गाउँमा भेला भएका मध्ये अधिकाँश महिला छन् । पुरुष प्रायः बैदेशिक रोजगारीका लागि गएका छन् । गाउँमा भएका थोरै पुरुषले किसुनको अन्त्येष्टिको तयारी थाले ।
कतारका लागि पूर्व नेपाली राजदुत डा. सूर्यनाथ मिश्र ५५ प्रतिशत नेपालीको मृत्यु कतारमा अकस्मात हुने हृदयाघातका कारण हुने गरेको छ । २० प्रतिशत कामसँग सम्वन्धित दुर्घटनामा परेर ज्यान गुमाउँछन् । १५ प्रतिशत सडकमा हुने दुर्घटनामा परेर तथा १० प्रतिशतले आत्महत्या गर्ने गर्छन् । मुख्य कुरा भनेको युवा अवस्थाका नेपालीले कतारमा ज्यान गुमाइरहेका छन् ।
पूर्व राजदुत मिश्र मृत्युको कारणको अनुसन्धान अविलम्व हुनुपर्ने बताउँछन् । कतारमा ज्यान गुमाएका किसुनका गाउँका केहि युवा जो कतारमा काम गरेर फर्केका हुन् उनीहरु त्यहाँ काम गर्न अत्यन्त मुस्किल रहेको बताउँछन् ।
सिएनएनमा छापिएको सुगम पोखरेलले तयार पारेको समाचार
भिडियो हेर्नुहोस्
http://edition.cnn.com/2015/03/09/asia/qatar-nepali-migrant-workers-deaths/index.html यो पनि पढ्नुहोस् जो कतारमा जिरोबाट हिरो बने