
सउल- रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया आएका कामदारमध्ये यो वर्ष करिब २३ सय युवा नेपाल फर्कनुपर्ने भएको छ । ईपीएसको नियमावली अनुसार २३ सय कामदारको श्रम सम्झौता अवधि सकिने भएकोले उनीहरु फर्कनुपर्ने भएको हो । मार्च देखि मे महिनासम्म झण्डै आधा भन्दा बढि नेपाली कामदारको भिषा अवधि समाप्त हुदैछ ।
नेपाल फर्किएका कामदारले ३/३ महिनfमा सिविटी दिएर पुन: कोरिया आउन पाउछन् । तर ३९ वर्ष नाघेका कामदार भने सिविटीमा सामेल हुन पाउदैनन् । कोरियाले यो वर्षको डिसेम्बरसम्ममा ६ हजार ४ सय ३१ नेपाली कामदार ल्याउने घोषणा गरेको छ । दक्षिण कोरिया आउने १५ देशका कामदारको कोटामा यो वर्ष नेपाल तेश्रो प्राथामिकतामा परेपनि पहिलो चरणको कोटामा भने नेपाल पहिलो प्राथामिकतामा परेको छ । कोरियाले प्रत्येक ४/४ महिनामा श्रम सम्झौता जारी गर्छ । अव दोस्रो चरणको श्रम सम्झौता मे महिनाबाट सुरु हुन्छ ।
उमेरको हकबन्दी हटाउन पहल कम्पनी परिवर्तन गरि नेपाल फर्कने ३९ वर्ष नाघेका कामदार पुन कोरिया आउन नपाउने भएपछि नेपाल सरकारले उमेरको हकवन्दी हटाउन कोरिया सरकारलाई पहल गरिएको एक सरकारी अधिकारीले जानकारी दिए । उमेरका कारण कोरियामा अवैधानिक हुनेको संख्यामा बृद्धि हुन थालेपछि उमेरको हकबन्दी हटाउन पत्रमार्फत कोरिया सरकारको ध्यानाकर्षण गराएको बताए ।
दक्षिण कोरियामा ४ वर्ष १० महिना एकै कम्पनीमा काम गर्ने कामदारलाई उमेरको हकबन्दी तोकिएको छैन । उनिहरु ३ महिना पछि कम्पनीले चाहेको अवस्थामा पुन कोरिया आउन सक्छन् । उनिहरुले नेपालमा कुनै किसीमको भाषा परिक्षा पनि दिनुपर्दैन । तर ४ वर्ष १० महिनाको अवधिमा कम्पनी परिवर्तन गरेका कामदारहरुलाई भने पुन कोरिया आउन ३९ वर्ष ननाघेको र सिविटी दिएर आउन पाउने प्रावधान छ । कोरियाबाट फर्केका कामदारलाई प्याकेजको ब्यवस्था कोरियाबाट फर्केका कामदारले सिकेका सिप, ज्ञान, पुजि र अनुभवलाई के कसरी परिचालन गर्ने विषयमा आफुहरुले एक समिति बनाइसकेको इपिएस प्रमुख डिल्लीराम बास्तोलाले जानकारी दिए । फर्केका कामदारलाई उधमसिलता तालिम तथा सहुलियत ऋण उपलब्ध गराउन आफुहरुले छिट्टै विभिन्न योजना ल्याउन लागेको उनले जानकारी दिए ।
कोरियाबाट एउटै समुह ३०-४० जनाको समुहले केहि योजना लिएर आए आफुहरुले त्यसका लागि ऋण तालिम तथा सम्वन्धित विषयको विज्ञ ब्यक्ति समेत उपलब्ध गराउने गरि कार्ययोजना तयार भइरहेको उनले जानकारी दिए । यो वर्ष नेपाली महिला कामदारको माग बढि कोरियामा पुरुषहरुको तुलनामा महिला कामदारको माग ज्यादै न्युन रहेको छ । इपिएस प्रणाली मार्फत हालसम्म कोरियामा १७ सय नेपाली महिला कामदार आइपुगेका छन् । २०१५ का लागि पहिलो चरणको कोटामा अहिले २ सय महिला परेका छन् ।
यो अहिलेसम्मकै सवैभन्दा बढि हो । यो वर्ष कोरिया सरकारले महिला कामदारलाई विशेष प्राथमिकतामा राखेकाले महिला कामदारको माग बढि हुन सक्ने सउल स्थित नेपाली दुताबासका श्रम सहचारी अनिल गुरुङले जानकारी दिए ।
निर्माण क्षेत्रमा पनि नेपाली कामदार पठाइने सरकारले निर्माण क्षेत्रमा पनि नेपाली कामदार लिन कोरियालाई आग्रह गरेको छ । कोरिया जाने नेपालीको संख्या ज्यादै ठुलो भएकाले आफुहरुले निमार्ण क्षेत्रमा पनि कामदार लिन कोरियालाई आग्रह गरिएको इपिएस प्रमुख डिल्लीराम बास्तोलाले जानकारी दिए ।
निमार्ण क्षेत्रमा काम गार्हो हुने भएकाले कामदार अवैधानिक हुने लगायत विभिन्न समस्या आउन सक्छ भन्ने प्रश्नमा उनले निमार्ण क्षेत्रमा पठाइने कामदार अनुभव र केहि शर्तमा पठाउने तयारी गरेको जानकारी दिए ।
थौरे पैसामा मलेशिया र कतारमा त्यहि काम गर्ने नेपालीहरु कोरियामा आकर्षक हुनसक्ने भन्दै यो विषयमा छलफल भइरहेको उनले बताए । निर्माण क्षेत्रमा वार्षिक १ हजार कोटा बढे नेपालीका लागि ठूलो राहत हुने उनले बताए ।
हेल्लो नेपालकोरिया डटकमबाट