
काठमाडौं – एमाओवादी नेता बाबुराम भट्टराईले आफ्नो चरित्र हत्या भएको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई राष्ट्रियताविरोधीका चित्रित गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
केही दिनअघि भारत भ्रमणमा गएका बेला उनले ‘भारत नेपालको शान्ति प्रक्रियाको एक पक्ष’ भन्ने अभिव्यक्ति दिएका थिए ।
त्यसलाई लिएर पार्टीभित्र र बाहिरसमेत भट्टराईको विरोध भएको थियो । उनले ‘अग्रगामी परिवर्तनकारी शक्ति र व्यक्तिको मानमर्दन तथा चरित्र हत्या गर्न खोजिएको’ भनेका छन् । राष्ट्रियताबारे गैरजिम्मेवार र दुरासयपूर्ण टिप्पणी भएको दुखेसो उनको छ ।
पुरानो सत्ता पक्षधरका साथै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक लोकतन्त्रविरोधीले आफूहरुलाई गैरराष्ट्रवादी भनेकामा असन्तोष पोखेका छन् ।
त्यस्तो आरोप लगाउनेहरुलाई भट्टराईले पञ्चायती निरंकुशवादीको संज्ञा दिएका छन् । भट्टराईले भनेका छन्, ‘उनीहरुको राष्ट्रियताको गोहीको आँसुको वास्तविक मर्म अग्रगामी परिर्वतनकारी शक्तिरव्यक्तिहरुको मानर्दनरचरित्रहत्या गरेर समग्र क्रान्तिकारी परिर्वतनको प्रक्रियामाथि नै बन्चरो प्रहार गर्नु रहेको स्वतः प्रष्ट हुन्छ ।’
प्रतिगामी र यथास्थितिवादीहरुले भौगोलिक राष्ट्रियताको मात्र कुरा गरेर शोषणयुक्त सत्ता कायम गर्ने मनसाय राखेको भन्दै उनले अ्् आफूहरुले भूगोल र जनतासहितको प्रगतिशील राष्ट्रवादको पक्षपोषण गरिरहेको दाबी गरेका छन् ।
भट्टराईले आफ्नो पार्टी सुगौली सन्धीदेखि लागेको राष्ट्रियतामाथिको घाउको दीर्घकालीन उपचार गरेर स्वाधिन, सार्वभौम र समृद्ध नयाँ नेपाल निर्माणमा प्रतिबद्द्द रहेको बताएका छन् ।
तपाईको भनाई के छ ?
काठमाण्डु टुडेबाट