करोडौं व्यक्तिले दैनिक चलाउने सामाजिक सञ्जाल फेसबुकले कुनै न कुनै नयाँ कुरा थप्दै यसलाई अझ रोचक बनाउने काम गरिरहेको छ । आफ्ना बारेमा, महत्वपूर्ण फोटोहरु शेयर गर्ने साझा थलो बनेको फेसबुकले अर्को एउटा रोक कुरा थपेको छ ।
हालसम्म कुनै व्यक्तिको मृत्युपछि सो व्यक्तिको एकाउण्ट अरु कसैले चलाउन पाउँदैन । त्यसैले फेसबुक प्रयोगकर्ताको मृत्यु पश्चात सो एकाण्ट कसैले चलाउन सक्दैनन् ।
तर अव फेसबुकले एउटा सुविधा थपेको छ । प्रयोगकर्ताको भावना अनुसार नै भन्दै फेसबुकले लिगेसी कन्ट्याक्ट भन्ने सुविधा थपेको छ जहाँ कुनै व्यक्तिले आफ्नो मृत्यु पश्चात कसले सो एकाण्ट चलाउन पाउने भन्ने रोज्न पाउनेछन् । अमेरिकाबाट सुरु हुने यो सुविधामा कसैको मृत्यु पश्चात सो व्यक्तिको एकाउण्टमा चलाउन, साथिहरुको संख्या थपघट गर्न वा प्रोफाइल तस्वीर परिवर्तन गर्न सक्ने सुविधा हुनेछ । कसैले एकाउण्ट बन्द गर्न चाहेमा त्यो सुविधा पनि फेसबुकमा अव हुनेछ । यसअघि मृत्यु भएका व्यक्तिको फेसबुक एकाण्ट बन्द गर्न सकिन्नथ्यो ।
लिगेसी कन्ट्याक्टका लागि अमेरिकामा रहेका प्रयोगकर्ताले सेटिंगमा गएर सेक्युरिटी भन्ने भागमा गएपछि लिगेसी कन्ट्याक्ट भन्ने सुविधा देखिनेछ । त्यहाँ कुनै अर्को फेसबुक प्रयोगकर्तालाई आफ्नो मृत्युपछि फेसबुक चलाउन पाउने अधिकार दिन वा मृत्युपछि बन्द गर्ने मध्ये रोज्न पाइने व्यवस्था गरिएको छ ।