पासपोर्ट १५ दिनमा जिल्लामा पुगेपछि ……

काठमाडौ, माघ २६- हरेक जिल्लामा १५ दिनभित्र राहादानी पुग्न थालेपछि नारायणहिटी दरबारस्थित राहदानी विभागमा भीड ह्वात्तै घटेको छ ।

जिल्लामा छोटो समयमा राहदानी पाउने भएपछि विभागमा भीड कम भएको हो । केही महिनाभित्र हस्तलिखित विस्थापित गर्नुपर्ने र नयाँ राहदानीसमेत बनाउनुपर्ने भएकाले विभागमा भीड बढेको भए पनि पछिल्लो महिना आधाले घटेको छ ।

दैनिक ३ हजार देखि ४ हजार तीन सयसम्मको लाइन लाग्ने विभागमा हाल बिहान देखि बेलुकैसम्म फारम लिदा पनि त्यसको आधा अर्थात एक हजार पाच सय जतिमात्र हुने गरेका छन् ।

राजधानीमा राहदानी लिन आउनेको भिड कम भए पनि राहदानी उत्पादन कार्यमा कत्ति पनि कमी आएको छैन् । काठमाडौं आउनु नपर्दा सेवाग्राहीहरूले अहिले जिल्लाबाटै आवेदन दिंदा राजधानी आउजाउलगायतको खर्च र झन्झटबाट मुक्ति पाएका छन् । यसअघि मितब्ययी बन्न खोज्दा काम नै चौपट हुने गरेको थियो । अहिले राजश्वमा नै ५० प्रतिशत बचत हुन्छ भने सेवाग्राहीको अन्य खर्चसमेत जोगिने भएको छ ।

तर जिल्लाले भने १५ दिनमा राहदानी पाए पनि लगत उतार्न र हस्ताक्षर गर्न पर्ने भन्दै झण्डै त्यती नै दिन राख्ने गरेको गुनासो विभागमा आएको छ । गुनासो आएपछि विभागले कतिपय जिल्लामा किन यस्तो गरिदिएको भन्दै चासो दिन थालिएको जानकारी एक अधिकारीले बताए । विभागले जिल्ला प्रशासन कार्यालयहरूलाई जनताले यसरी कम खर्चमा राहदानी पाउने विषयमा गम्भिर हुन पटकपटक आग्रह गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले भने, हामीले आएपछि तत्काल दिने गरेका छौ । राहदानीमा १५ दिनमा आए पनि जिल्ला प्रशासन कार्यालयमा लगत राख्नेलगायतका काम गर्नपर्दा केही दिन समय लाग्छ । हामीले आवेदन दिएको २५ दिनमा राहदानी दिने गरेका छौं । अझ छिटो दिने तयारी गर्दैछौ ।

गत महिनादेखि विभागले हरेक १५ दिनमा संकलित फाराम ल्याउने र तयार राहदानी पठाउने ब्यवस्था आरम्भ गरेको । यसको प्रभावकारी कार्यान्वयनका कारण राजधानीमा भीड घटेको विभागका एक अधिकारीले बताए । यहाँ (विभाग) मा आवेदन दिनेको संख्या घटेको छ तर राहदानी निर्माण हुने संख्या घटेको छैन । जिल्लाबाट आउने आवेदनको संख्या दोब्बरसम्म वृद्धि भएको छ । जिल्लाबाट पनि अधिकारीहरुले फारम बुझाउने र लैजानेमा अल्छी गरेका छैनन् विभागका महानिर्देशक लोकबहादुर थापाले भने ।

परराष्ट्र र गृहको समझदारीमा विगतदेखि नै यसलाई चुस्त पार्ने भनिए पनि हुन सकेको थिएन । जसले गर्दा राहदानी पाउन कतिपय जिल्लामा ४५ दिनदेखि तीन महिनासम्म लाग्ने गरेको थियो । अहिले जिल्लाले चाहेको खण्डमा २० दिनमा नै राहदानी उपलब्ध गराउन सकिन्छ ।

सबैको विवरण वेवसाइटमा समेत राखेकाले पनि सचेत नागारिकले राहदानी किन नपाउने भनेर लिन थालेकाले पनि धेरै समस्या हल भएको अधिकारीहरुले बताए । अहिले विग्रेकाकलाई एसएमएस जाने र समयमा सच्याउन लगाइने गर्दा पनि केही सहज भएको छ ।

पहिला नारायणहिटीमा राहदानीका लागि आवेदन दिनेको कहालीलाग्दो भीड देखिन्थ्यो । अहिले लाम नै देख्नुपर्दैन । नारायणहिटी स्थित राहदानी विभागमा पुगी दोब्बर राजश्व अर्थात १० हजार रुपैया तिरेर पासपोर्ट बनाउनु भन्दा आफ्नै जिल्लामा २० दिन भित्र राहदानी लिनु नै राम्रो ठानेर धेरैले जिल्लामा नै आवेदन दिन थालेका हुन । आठौं दिनमा नारायणहिटीमा आएर राहदानी लिनु भन्दा आफ्नै जिल्लामा लिनु उत्तम विकल्प हो । काठमाडौंसम्मको यात्रा, आफ्नो नागरिकता बनेको जिल्लामा प्रमाणित गर्ने सबै कार्यले गर्दा दुई साताभन्दा बढी नै लाग्ने हुनाले आफूले नागरिकता लिएको जिल्ला वा बसाइँ सरेको जिल्लाबाट नै राहदानी लिन सजिलो भएको हो एक अधिकारीले भने ।

सन २०१० को अन्त्यबाट आरम्भ गरिएको एमआरपी हालसम्म ३१ लाख भन्दा बढिले लिइसकेको विभागको पछिल्लो तथ्यांकले देखाउछ ।

कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: