युएईमा कामदारको उपदानका लागि नयाँ व्यवस्था गरिंदै

अबुधावी- युएईमा कामदारले सम्झौता अवधि सकेर स्वदेश फर्किंदा कम्पनीबाट पाउने उपदान वापतको रकमलाई व्यवस्थीत गरिनुपर्ने यहाँका श्रम मन्त्रीले बताएका छन् । श्रम मन्त्री गोवास साइद गोवासले कामदारले पाउने उपदानको हिसावकितावलाई थप पारदर्शी र सहज बनाउनु पर्ने बताए ।

फेडरल नेशनल काउन्सिलसँगको छलफलका क्रममा श्रम मन्त्री गोवासले यस्तो बताएका हुन् । उपदान सम्वन्धि हिसावकितावलाई पारदर्शी बनाउन सकेमा यसले कामदारको हित गर्ने उनको तर्क छ ।

तर मन्त्री गोेवासले यो सुधारको कार्यक्रम कहिले देखि लागु हुने र नयाँ श्रम ऐन कहिले जारी हुन्छ भन्ने बारेमा भनें केहि पनि बताएनन् । श्रम ऐनको संशोधनका बारेमा अहिले जिम्मेवार निकायमा बहस भइरहेको समाचार गल्फ न्यूजले लेखेको छ ।

फेडरल काउन्सिलले भनें नीजि कम्पनी र सरकारी निकायबीच उपादान सम्वन्धि व्यवस्थामा रहेको ठूलो खाडल हटाउनु पर्ने भन्दै सरकारलाई सुझाव दिइरहेको छ । काउन्सिलले नीजि क्षेत्र कामदारप्रति उदार भएर यो खाडल पूर्न सकिने बताउँदै आएको छ ।

उपादानको हिसाव कामदारले कुनै कम्पनीमा एक बर्ष पूरा अवधि काम गरेपछि गणना गर्ने व्यवस्था छ । कुनै कामदारले एक बर्ष भन्दा बढी सयम त्यसरी काम गरेमा कामको अन्त्यमा उसले पाउने उपादान दिने व्यवस्था रहेको छ ।

युएईको कानून अनुसार हाल एक देखि ५ बर्ष काम गरेका कामदारले प्रतिवर्ष २१ दिन बरावरको तलव उपादानका रुपमा पाउँछन् । त्यसभन्दा लामो सेवा अवधि भएमा प्रति वर्ष एक महिनाका हिसावले उपादान दिने गरिन्छ ।

तर हाल नीजि क्षेत्रका कम्पनीहरुले उपादानको हिसाव गर्दा आफू अनुकुल कानूनको व्याख्या गरिरहेका छन् । उपादान सम्वन्धि कानूनले कामदारले पाउने बेसिक तलवमा उपादान हिसाव गर्ने व्यवस्था गरेको छ ।

कानून अनुसार आवास, यातायात, ओभरटाइम लगायत कामदारले पाउने सम्पूर्ण रकमलाई जोडेर उपादानको हिसाव गरिनु पर्नेमा हाल कम्पनीहरुले कामदारले पाउने बेसिक(आधारभूत) तलवलाई मात्र उपादान गणना गर्ने आधार बनाएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय