खाडीका एउटा देशमा अपराध गरेमा अर्को देश पस्न नदिइने

दुवई- खाडीका ६ वटा देशहरुले एउटा देशमा बदमासी गरेर अर्को देशमा कामका लागि पस्न खोज्ने आप्रवासी कामदारलाई रोक्न विशेष व्यवस्था गर्न लागेका छन् । त्यसका लागि त्यस्ता कामदारको सुचना अनलाइन प्रणाली मार्फत एक अर्का देशबीच आदानप्रदान गर्ने तयारी गरिएको छ ।

यस्तो सुचना प्रणालीमा आपराधिक गतिविधिमा संलग्न भएको व्यक्तिको पूर्ण विवरण राखिने र त्यसका आधारमा त्यस्ता व्यक्तिलाई अर्को देशमा पस्न रोक्न सकिने अपेक्षा गरिएको छ ।

यसलाई खाडी देशको मुलुकका श्रम मन्त्रीहरुले अनुमोदन गर्न बाँकी रहेको श्रोतलाई उधृत गर्दै गल्फ न्यूजले समाचार लेखेको छ । श्रोतका अनुसार यस्तो सुचना प्रणाली बनाउने विषयमा खाडीका देशका श्रम मन्त्रीहरुले गत अक्टोेवर अन्त्यमा नै सामुहिक छलफल गरिसकेका छन् ।

केहि मेनपावर कम्पनीले समेत यसका बारेमा सार्वजनिक रुपमा बताउन थालेका छन् । एक मेनपावर कम्पनीका प्रतिनिधि हासिम करिमले यस्तो व्यवस्थाले कुनै देशमा कुनै अपराधमा संलग्न भएको आप्रवासी कामदार अर्को मुलुकमा पस्न नसक्ने तर्क गरे । यसले कुनै देशबाट भागेको वा देश निकाला गरिएको व्यक्ति अर्को मुलुकमा पस्न नसक्ने उनको भनाई छ ।

तर यस्तो व्यवस्था लागु गर्न निक्कै कठिनाइ रहेको बताइएको छ । धेरै कामदार अर्काको पासपोर्ट र कागजपत्रमा कामद गर्र्न आउने भएका कारण यो व्यवस्थाले त्यस्ता अपराध गरेका कामदारलाई रोक्न सक्छ भन्नेमा आशंका नै छ करिमले भने । खाडीका देशमा पछिल्ला केहि बर्षयता अपराधका घटना बढीरहेका छन् र त्यसमा आप्रवासी कामदारको भूमिका रहेको करिमले दावी गरे ।

हाल बनाउन लागिएको सुचना प्रणालीमा सवै आप्रवासी कामदार जसले कानूुन उल्लंघन गर्छन् र स्वदेश फिर्ता पठाइन्छन्, त्यस्ताको पूर्ण विवरण राखिनेछ । खाडीका देशका रोजगारदाताले समेत खाडीका देशमा अपराधका घटना बढ्दै गएको र त्यसमा आप्रवासी कामदार संलग्न हुने गरेको तर्क गरेका छन् । उनीहरुले त्यसरी अपराध गरेर स्वदेश फर्काइएकाहरुलाई अर्को देशमा कामदार भएर पस्न रोक्ने कुनै उपाय खोज्न सरकारलाई आग्रह गर्दै आएका छन् ।

खाडीका रोजगारदाताले आप्रवासी कामदारका कारण अपराध बढेको तर्क गरे पनि त्यहाँ रोजगारदाताले कामदार प्रति अमानविय व्यवहार गर्ने, यातना दिने, भनेको तलव र सेवा सुविधान नदिने गरेको भन्दै चर्को आलोचना हुने गरेको छ । श्रमिकको अधिकारका लागि कृयाशिल विभिन्न संघसंस्थाहरुले त्यो अमानविय व्यवहार रोक्न केहि बर्षयता ठूलो दवाव सिर्जना गरिरहेका छन् ।

खाडीका देशहरुमा उर्लिदो विकास निर्माणका कारण त्यहाँ आप्रवासी कामदारको संख्या बर्षेनी थपिंदो छ । त्यहाँ कुल जनसंख्याको ७० प्रतिशत जनसंख्या आप्रवासी कामदारको रहेको छ । हाल खाडीका देशहरुमा २ करोड भन्दा धेरै आप्रवासी कामदार रहेको अनुमान छ ।

तपाई खाडीका देशमा कार्यरत हुनुहुन्छ वा त्यहाँ काम गरेर फर्किनु भएको छ भनें तपाईको विचार लेख्नुहोला

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय