ह्याक भएको थियो फेसबुक !

फेसबुक र इन्स्टाग्रामको वेबसाइट मंगलवार दिउँसो झण्डै एक घण्टा बन्द भए । वेबसाइटको मोवाइल भर्सन समेत बन्द थिए । सुरुमा यो समस्यालाई वेबसाइटको सर्भर डाउन भएको अनुमान गरिए पनि एउटा समुहले आफ्नो समुहले ह्याक गरेका कारण ति सामाजिक सञ्जालको वेबसाइट बन्द भएको दावी गरेको छ ।

भारतीय अनलाइनहरुका अनुसार लिजार्ड स्क्वायड नामको सो समुहले ट्वीटर मार्फत यसको जिम्मेवारी लिएको छ ।

सो समुहले फेसबुक, इन्स्टाग्रामसँगै अरु केहि वेबसाइटलाई ह्याक गरिदिएको दावी गरेको छ । यसका बारेमा फेसबुकले आधिकारीक रुपमा केहि भनेको छैन ।

सोही समुहले मंगलवार मलेसियन एयरलाइन्सको वेबसाइट पनि ह्याक गरेको थियो । सो समयमा मलेसियाएयरलाइन्स डट कमको होमपेजमा टोपी लगाएको एउटा छेपारोको तस्वीर देखिएको थियो । सो साइटमा ह्याकको सुचना समेत देखिएको थियो । यस बारेमा मलेसियन एयरलाइन्सले पनि केहि बताएको छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: