दोहा- देविका केसी कतारमा छिन् । उनी एक दशकयता कतार आउजाउ गरिरहन्छिन् । कहिले नेपाल, कहिले कतार र कहिले अन्य देशमा हुने कार्यक्रममा सहभागि हुन दौडिरहने लोेक गायिका देविकाले यसबीचमा झण्डै १२ वटा एल्बममा ३ सय भन्दा बढी गीत गाइसकेकी छिन् ।
म बर्षमा केहि महिना कतार र बाँकी धेरैजसो समय नेपालसँगै विभिन्न देशमा हुने कार्यक्रमहरुमा व्यस्त हुन्छु उनले भनिन् । उनले अहिलेसम्म बेलायत,युरोप, खाडीका विभिन्न देश तथा स्वदेशमा गरी सयौं स्टेज कार्यक्रममा गीत गाइसकेकी छिन् । उनले हालसम्म १५ वटा भन्दा धेरै देशमा आयोजित कार्यक्रममा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् ।
उनको पहिलो संयुक्त एल्वम सन् २००३ मा निस्किएको थियो । उनले नेपालमा आयोजित लोकगायन प्रतियोगितामा समेत भाग लिएकी थिइन् र उनको समुहले प्रतियोगिता जितेको थियो । उनी अहिले पनि सम्झिन्छिन ‘त्यो समयमा महिलाले गीत गाउनु मेरो गाउँका मान्छेका लागि राम्रो कुरा थिएन । तर अहिले समय बदलिएको छ ।’
तर देविकालाई परिवारको साथ थियो । विशेष गरी उनकी आमाले उनलाई सहयोग र उनको कामलाई समर्थन गर्दथिन् । उनले जव काठमाडौंमा भएको त्यो प्रतियोगिता जितिन् अनी मात्र उनका गाउँकाहरुले उनलाई ठिक काम गरिस् भन्न थाले । उनी भन्छिन् यदि कसैसँग क्षमता छ भनें उसलाई कसैले रोकेर पनि रोकिन्न ।
उनले अहिलेसम्म ५ वटा पुरस्कार पाएकी छिन् । उनले रेडियो, टेलिभिजनबाट पुरस्कार पाउनुका साथै टुवोर्ग अवार्ड, साहित्य संगित अवार्ड, हामी सक्छौं नारी अभियान अवार्ड जितेकी छिन् ।
उनी अन्तराष्टिय कलाकार मञ्चकी उपाध्यक्ष समेत हुन् र उनले केहि प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गरेकी छिन् ।
यसैगरी उनले केहि नवोदित कलाकारलाई पनि प्रोत्साहित र सहयोग गरेकी छिन् । म प्रतिभावान र क्षमतावान नेपाली युवालाई कतारमा प्रोत्साहीत गर्न, अघि आउन सदैव सहयोग गर्छु उनले भनिन् ।
उनलाई प्रवासमा रहेको धेरै सामाजिक संघसंस्थाले सम्मान समेत गरेका छन् । उनी कतारमा आप्रवासीको प्रतिनिधित्व गर्ने गायन क्षेत्रकी अगुवा नै हुन् । उनले कतारमा सन् २०१३ यता व्यवसाय समेत सञ्चालन गरिरहेकी छिन् । व्यवसायका लागि कतार निक्कै सुरक्षित ठाउँ भएको भन्दै उनी आफुले संगीत र व्यवसायलाई सँगसँगै लगिरहेको बताउँछिन् । उनी आफू त्यसमा सफल भइरहेको बताउँछिन् ।
(गल्फ टाइम्समा प्रकाशित)
