दुवई गए पनि ऋण छुटेन, उल्टै ठगिमा

बाग्लुङ भीमगिठ्ठे– २ का मनोज केसी एसएलसी पास गर्नासाथ वैदेशिक रोजगारीका लागि दुबई गए। तैपनि उनले आफ्नो थाप्लामा थुप्रिएको पूरै ऋण सल्टाउन सकेनन्। घरमा त्यत्तिकै बसिरहेका थिए, गाउँकै साथीभाइले क्यानडामा मासिक साढे दुई लाख कमाइ हुने सुनाए। जाने खर्च १८ लाख रुपैयाँ लाग्ने। ‘यसै ऋण, उसै ऋण भन्दै आँटेर दलाललाई पासपोर्ट दिएँ, केसीले भने, ‘क्यानडा जानका लागि सुरुमा एक लाख बुझाएँ।

साथीभाइकै सम्पर्कबाट उनले काठमाडौंको एबिसी ओभरसिजका म्यानेजिङ डाइरेक्टर छत्रबहादुर श्रेष्ठलाई भेटेर एक लाख नगदसहित राहदानी बुझाए। त्यसको केही सातापछि श्रेष्ठले ‘तपाईंको भिसा प्रक्रिया अघि बढ्यो, थप रकम जम्मा गर्नुहोस् भने। केसीले गाउँमा ऋण काडेर रकम जम्मा गरे। ‘काम बन्यो भनेपछि घरजग्गा धरौटी राखेर रकमसहित काठमाडौं पुगें, उनले गत असोजको घटना सम्झँदै भने, ‘त्यहाँ पुगेपछि दिल्ली बेलाए, प्लेनबाट दिल्ली पुग्यौँ।

दिल्लीमा श्रेष्ठले केसीलाई क्यानडाको भिसा हानेको पासपोर्टको फोटोकपी देखाए। पासपोर्ट नै देखाएपछि केसी मक्ख परे, क्यानडा पुगेर मासिक साढे दुई लाख कमाउने सपना देख्दै उनले थप १३ लाख बुझाए। रकम बुझाएलगत्तै श्रेष्ठ सम्पर्कविहीन भए। केसी दिल्लीमै अलपत्र परे। उनको क्यानडा सपना पनि त्यहीं तुहियो।

उनलाई देखाइएको भिसा नक्कली रहेछ। परिवारकै उठिबास हुने भयो भन्दै अहिले केसी प्रहरी कार्यालय धाइरहेका छन्। ‘मेरो त घरजग्गा सबै साहुले लग्न लाग्यो, एउटा घर थियो, त्यही पनि नरहने भयो, उनले भने, ‘मासिक साढे दुई लाख कमाइने आसमा सय कडा पाँचको ऋण काडेर दलाललाइ बुझाएको थिएँ।

क्यानडा जाने प्रलोभनमा दर्लिङ–२ का महेश केसी पनि ठगिएका छन्। उनी काठमाडौंको सान्त्वना मेमोरियल एकेडेमीमा बिबिएस तेस्रो वर्ष पढ्दै थिए। विदेश जाने योजना बुनिरहेका उनी पनि श्रेष्ठकै सम्पर्कमा पुगे। क्यानडा जाने आशमा १३ लाख ५० हजार बुझाए। ‘रकम बुझाएपछि विभिन्न बहाना बनाउँदै २५ दिन दिल्लीमा झुलायो, उनले भने, ‘भागेपछि पक्राउ त गरेका छौँ तर रकम फिर्ता पाउन सकेका छैनौं।

क्यानडा जाने प्रलोभनमा दर्लिङ–२ का सन्तोष केसीले ११ लाख, गुल्मी वाङी–२ का गोविन्द कार्कीले १४ लाख र सोही स्थानका विकास थापाले पनि १४ लाख बुझाए। ‘पाल्पामा बिएस्सी तेस्रो वर्ष पढ्दै थिएँ,ु कार्कीले भने, ‘पढाइ छाडेर पैसा कमाउने लोभमा लागेँ। ऋण काढेको पैसा डुब्यो। अब उठिबास हुने भयो। पाँचै युवालाई श्रेष्ठले दिल्लीमा अलपत्र पारेर भागेका थिए।

भारतीय प्रहरी र नेपाली दूतावासमा गुहार्दा पनि श्रेष्ठलाई नभेट्टाएपछि पाँचैजना घर फर्किए। पछि महेशको फोनबाट श्रेष्ठसँग सम्पर्क भयो। श्रेष्ठले क्यानाडा नभए पनि अस्ट्रेलिया पठाइदिन्छु भन्दै फेरि पाँचैजनालाई दिल्ली बोलाए। दिल्लीमा भेट्नासाथ उनीहरुले श्रेष्ठलाई समाएर ल्याई जिल्ला प्रहरी कार्यालय, बाग्लुङमा बुझाए। ‘केही रकम थपे अस्ट्रेलिया पठाइदिन्छु भनेकाले हामी भारत गयौं, महेशले भने, ‘थप पैसा पनि बुझ्नुहोस् भन्दै प्रलोभन देखाएर उसलाई समात्यौं।

उनीहरुले पहिले श्रेष्ठलाई भारतस्थित नेपाली दूतावासमा बुझाएका थिए। श्रेष्ठविरुद्ध ठगीको अर्को पनि उजुरी परेको भेटिएपछि दुतावासले श्रेष्ठलाई नेपाल पठाएको थियो। नेपाली दूतावासको पत्रसहित श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालयमा बुझाएको तीन साता पुग्दा पनि कुनै कारबाही नभएको गुनासो उनीहरुले गरेका छन्।

श्रेष्ठलाई प्रहरीमा बुझाएपछि अर्को रहस्य खुल्यो। अस्ट्रेलिया पठाइदिने भनेर श्रेष्ठले ४८ लाख रुपैयाँ ठगी गरेको भन्दै सिन्धुलीका ६ युवा प्रहरी कार्यालय आइपुगे। तीमध्ये पाँचजनालाई भारत, बैंकक हुँदै लाओस पुर्यानएर अलपत्र छाडेको पीडितले बताए।

एक गैरसरकारी संस्थाको कार्यक्रममा सिन्धुली पुगेका श्रेष्ठले अस्ट्रेलिया पठाइदिने भन्दै लाओस पुर्याएर अलपत्र पारेको पीडित युवाले बताएका छन्। श्रेष्ठले ८ लाख रुपैयाँ यहीं बुझाउने, थप ६ लाख अस्ट्रेलिया पुगेर वर्क पर्मिट पाएपछि बुझाउने भनेका थिए। ‘एक गैससमा आएको भद्र मान्छेले अस्ट्रेलिया पठाउँछु भनेपछि प्रक्रिया सुरु गर्यौँ ,ु कमलामाई नगरपालिका– ६, सिन्धुलीका जेबी पाख्रिनले भने, ‘तर त्यसको ठग धन्दा हो भन्ने थाहा भएन।

बीच बाटोबाटै ४५ दिनमा फर्किएर आएका कमलामाई– ११ का सूर्यकुमार श्रेष्ठले अस्ट्रेलियामा कुक काम पाइने भनेकाले आँट गरेको बताए। ‘ऋण काढेर लगेको ८ लाख रुपैयाँ डुब्यो, उनले भने। दलाल श्रेष्ठले कमलामाई–६ का हरिबाबु अछामेसँग १२ लाख, सोही ठाउँका दुर्गा लामासँग ८ लाख, रामबहादुर भुजेलसँग ८ लाख, प्रदीपविक्रम थापासँग ८ लाख र जेबी पाख्रिनसँग ४ लाख गरी ४८ लाख रुपैयाँ लिएका थिए। श्रेष्ठले तीन जिल्लाका ११ जनाको १ करोड १४ लाख ५० हजार ठगी गरेको पीडित युवाले बताए।

एबिसी ओभरसिजका म्यानेजिङ डाइरेक्टर श्रेष्ठ तीन सातादेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्। तर, युवाले श्रेष्ठलाई रकम बुझाएको कुनै भर्पाइ नभएकाले कारबाही अघि बढाउन समस्या भएको प्रहरीले जनाएको छ। श्रेष्ठले रकम लिएको स्वीकार गरे पनि कुनै भर्पाइ नभएकाले मुद्दा चलाउन कानुनी आधार नभएको प्रहरीले जनाएको छ। ‘ठगीको रकम फिर्ता गराइदिन आग्रह गर्दै प्रहरीदेखि श्रम विभागसम्म पुगेका छौँ, सिन्धुलीका पाख्रिनले भने, ‘तर कानुनी अड्चन देखाउँदै टाल्ने काम भइरहेको छ।

दलाल श्रेष्ठविरुद्ध इमानसिंह तामाङले श्रम विभागमा मुद्दा दायर गरेका छन्। बाग्लुङका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर बस्नेतले श्रेष्ठविरुद्ध कारबाही गर्ने कानुनी अधिकार आफूहरुसँग नभएको बताए। ‘वैदेशिक रोजगार ठगीको मुद्दा श्रम विभागले हेर्ने भएकाले हामीलाई कारबाही गर्ने अधिकार छैन,ु बस्नेतले भने, ‘पीडित तामाङको उजुरीका आधारमा श्रम विभागले पत्र पठाएकाले श्रेष्ठलाई काठमाडौं पठाउने तयारीमा छौँ।

विश्वास गर्दा फसियो सिन्धुलीको एक गैरसरकारी संस्थामा आएका छत्र श्रेष्ठसँग चिनजान भयो। आफ्नो मेनपावरमार्फत् श्रेष्ठले क्यानडा, अस्ट्रेलियालगायत देशमा मान्छे पठाउँछन् भन्ने थाहा भयो। अहिलेलाई ककु भिसामा अस्ट्रेलिया पठाउने भनेपछि प्रक्रिया सुरु गर्यौँश। पासपोर्ट दिएको २० दिनमा जेफ इन्टरनेसनल कम्पनीबाट स्पोन्सर लेटर आयो।

दिल्ली हुँदै जाने भनेपछि डिसेम्बर ३ मा साथीहरूसँगै दिल्ली उडें। दिल्लीमा २० दिन राख्यो। इमिग्रेसनको काम मिलाउँदै छौँ भन्यो। धेरै दिन दिल्लीमा राखेपछि नेपालमा फर्किन खोज्यौं। त्यसपछि प्लेन टिकट ल्याएर प्रदीपविक्रम थापा, दुर्गालाल लामा र मलाई दिल्लीबाट वनारस हुँदै बैंकक लग्यो। बैंककमा १३ घन्टाको ट्रान्जिटपछि लाओस पुर्यालयो। हामीसँगै एकजना भारतीयलाई पनि पठाएको थियो।

लाओसको होटलमा दुई दिन राखेपछि भारतीयले अरु दुईजना साथीलाई लिन बैंकक जान्छु भन्दै हामीसँग भएको तीन हजार डलर मागेर लग्यो। फर्किएपछि पाँचैजनालाई होटलमा छाडेर भाग्यो। बस्दाबस्दै भिसाको म्याद सकिन लागेपछि मलेसिया, दुबईतिर भएका साथीसँग पैसा मागेर नेपाल फर्कियौं। अहिले श्रेष्ठ पक्राउ परेको थाहा पाएपछि यहाँ आएका हौं।

नागरिकमा , सूर्यकुमार श्रेष्ठ, कमलामाई– १०, सिन्धुली

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: