८ बर्षे बालकले युट्युवबाट कमाए १२ करोड

८ बर्षको बच्चाले कति कमाउन सक्छ भन्ने अनुमान गर्न सकिएला ? सुन्दै अचम्म लाग्ने घटना भएको छ । एक ८ बर्षिय बालकले यु ट्युवको माध्यमबाट एक बर्षमा १२ करोड भन्दा धेरै कमाएका छन् । 

इवान नामका ति बालकले यूट्यूबको एक च्यानल मार्फत सो रकम कमाएका हुन् । इवान र उनका बाबुले मिलेर इवानट्युव एचडी नामको च्यानल संचालन गरेका थिए ।

इवानले सो च्यानलमा बजारमा आएका नयाँ खेलौनाको विश्लेषण गर्ने गर्छन् ।

फोटोग्राफी र भिडियो प्रोेडक्सनको काम गर्ने उनका बाकुले यसमा इवानलाई मद्धत गर्छन् ।

खेलौनाको विश्लेषण गर्न इवान कहिले काहिं आमा र दिदिको पनि सहयोग लिने गर्छन् । खेलौनाका बारेमा विश्लेषण गर्दा इवान ति खेलौना कुन उमेर समुहका बालबालिका लागि उपयोगि हुन्छन् भनेर बताउने गर्छन् ।

हालसम्म ५ करोडभन्दा धेरै व्यक्तिले इवानको भिडियो हेरिसकेका छन् र उनी यूट्युवमा स्टार बनिसकेका छन् । उनको कार्यक्रममा विज्ञापन गर्नेहरुको ठूलो समुह तयार छ ।

दैनिक भाष्करबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: