विदेशमा हुनुहुन्छ ? एमआरपीका लागि फारम भर्नु भयो ? अप्ठ्यारोमा पर्नुहोला है

काठमाडौं- सरकारले हस्तलिखित राहदानी प्रयोग गर्न सकिने म्याद नजिकिंदै गगएपछि विदेशमा रहेका नेपालीलार्ई लक्षित गर्दै एमआरपी बनाउने काममा तिब्रता दिएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ)ले सन् २०१५ को नोभेम्बर २५ अगावै हस्तलिखित राहदानी प्रतिस्थापन गरीसक्नु पर्ने बाध्यात्मक व्यवस्था गरेका कारण नेपाल सरकारले पछिल्ला केहि महिनायता एमआरपीका लागि ठूलै अभियान सञ्चालन गरिरहेको छ ।

यसका लागि विदेशमा रहेका कुटनीतिक नियोगहरुले तिब्रताका साथ काम गरिरहेको जनाएका छन् । साउदी अरवको रियाद स्थीत नेपाली दुतावासले पूर्वी क्षेत्रमा पर्ने ठाउँमा कार्यरत नेपालीका लागि गत डिसेम्वर २६ तारिख देखि दमाममा फारम संकलन तथा प्राप्त राहदानी वितरण गर्न थालेको छ । दुतावासले दिएको जानकारी अनुसार राहदानीका लागि फारम संकलनको काम शुक्रवार १२ः३० देखि बेलुकी ७ बजेसम्म तथा शनिवार विहान ८ देखि १२ः३० भइरहेको छ । यसैगरी तयार भएका एमआरपी शनिवार विहान ८ बजेदेखि १२ः३० सम्म भइरहेको छ ।

यसैगरी कुवेत, मलेसियामा रहेका नेपाली दुतावासहरुले पनि फारम भर्ने र पठाउने व्यवस्थालाई निक्कै प्राथमिकता साथ काम गरिरहेको जनाएका छन् । कतारका लागि नेपाली कार्यवाहक राजदुत गणेश ढकालले एमआरपीको फारम संकलन र बनेर आएका पासपोर्ट वितरण अहिले एउटा मुख्य काम नै भएको बताएका छन् । फारम संकलनमा दुतावासमा कार्यरत कर्मचारीलाई समस्या भएपछि एनआरएनसँगै त्यहाँ कृयाशिल विभिन्न सामाजिक संघसंस्थाहरुका प्रतिनिधिहरुले त्यसमा सघाइरहेका छन् ।

यसैगरी बहराइन स्थीत नेपाली दूतावासले त्यहाँ विभिन्न क्षेत्रमा कार्यरत नेपाली कामदारहरुका लागि स्थलगत रुपमै राहदानी( एमआरपी)को आवेदन फारमहरु सङ्कलन गर्ने यसअघि नै जनाएको छ ।त्यसका लागि गत पुस १७ गतेदेखि सार्वजनिक बिदाका दिनहरुमा पनि बहराइनको सित्रा औद्योगिक क्षेत्रका नेपालीहरुलाई लक्षित गरी फारम सङ्कलन गर्ने कार्य प्रारम्भ गरेको बहराइनस्थित नेपाली दूतावासले प्रेश विज्ञप्तिमा उल्लेख गरेको छ ।MRP

आगामी दिनमा यस्तो स्थलगत रुपमा एमआरपी आवेदन फारम भरी सङ्कलन गर्ने अभियानलाई निरन्तरता दिइने हुँदा बहराइनमा क्रियाशील नेपाली सङ्घसंस्था, नेपाली कामदार तथा नेपाली कामदार कार्यरत कम्पनीहरुलाई राजदूतावासमा सम्पर्क गर्न आह्वान गरेको छ ।

विदेश स्थीत दुतावासहरुले प्राप्त एमआरपीको विवरण तथा रद्ध भएका फारमको विवरण समेत अनलाइन मार्फत दिने व्यवस्था मिलाएका छन् ।

यसैबीच सरकारले कामदारहरू भएकै ठाउँमा पुगेर मेसिन रिडेबल पासपोर्ट (एमआपी) दिने प्रक्रिया अघि बढाएको छ । घरदैलो कार्यक्रममार्फत चार देशमा रहेका नेपाली कामदारलाई यस्तो सुविधा दिन लागिएको हो । मलेसिया, साउदी अरेबिया, कतार र युनाइटेड अबर इमिरेट्स(यूएई) मा यस्तो घरदैलो टोली पठाउने योजना राहदानी विभागले बनाएको हो ।

परराष्ट्र मन्त्रालयले अर्थको सहमतिमा त्यसलाई अनुमोदन गर्न बाँकी छ । यो योजना पारित भएमा अर्को दुई सातामा राहदानी टोली ती मुलुक पुगिसक्ने परराष्ट्र मन्त्रालय उच्च अधिकारीको दाबी छ ।

अनलाइन प्रक्रियामा जान ढिलो हुने भएपछि मन्त्रालयले यस्तो उपाय रोजेको हो । नयाँ टेन्डर गरेर जाँदा पनि प्रविधि जडान तथा प्रशिक्षणमा समय लाग्ने हुनाले टोली खटाउन नै उपयुक्त हुने सुझाव विभागको छ । ती मुलुकमा दूतावासबाट नै पनि कतिपय क्षेत्रमा गएर फारम संकलन गर्ने कार्य भइरहेको भन्दै केही व्यक्ति थप गर्नुपर्ने सुझाव दूतावासले दिएको छ ।

अर्थ मन्त्रालयबाट सहमति नआइसकेकाले प्रक्रिया अघि बढाउन बाँकी रहेको स्रोतले उल्लेख गरेको छ । समय घर्किंदै गएको उल्लेख गर्दै ती अधिकारीले भने, कि प्रत्यक्ष फारम भर्ने प्रविधिमा जानुपर्‍यो कि त घरदैलो कार्यक्रम । अर्को विकल्प छैन । अन्य मुलुकहरूमा खास समस्या नभएकाले चार मुलुकलाई नै विभागले प्राथमिकतामा राखेको हो ।

राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले नोभेम्बर २४ को लक्ष्य राखेर उक्त समयभित्र सबै हस्तलिखित राहदानी विस्थापित गर्न धेरै नेपाली कामदार भएका मुलुकमा गएर फारम संकलन गर्न लागेको बताए ।

मलेसियामा दैनिक सातदेखि १५ सयसम्म नेपाली राहदानी र अन्य कामका लागि आउने त्यहाँस्थित दूतावासले जनाएको छ । साउदी अरेबिया, कतार र यूएईमा पनि त्यस्तै स्थिति छ । त्यहाँबाट आउने फारमसमेत त्रुटिपूर्ण हुने गरेको अधिकारीहरू बताउँछन् ।

तथ्याँक अनुसार सन् २०१० को अन्त्यमा नेपालले एमआरपी लागू गरेयता १६ लाखभन्दा बढी राहदानी जारी भइसकेको छ । अझै १६ लाखभन्दा बढी राहदानी नोभेम्बर २४ भित्र जारी गरिसक्नुपर्ने चुनौती छ ।

तपाई विदेशमा हुनुहुन्छ ? एमआरपीका लागि फारम भर्नुभयो ? छिट्टै भरिहाल्नुस् नत्र समस्यामा पर्नुहुन्छ है ।

एमआरपीका लागि फारम भर्ने तथा पासपोर्ट प्राप्त गर्ने सम्वन्धमा तपाईको गुनासो वा सुझाव छ ? लेख्नुहोस् 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: