‘रेड बुल’ पिउन नपाईने !

काठमाडौ, १७ पुस– तपाई कत्तिको ‘रेड बुल’को पारखी हुनुहुन्छ ? यदी हुनुुहन्छ भने तपाईले रेड बुलको विकल्पमा अरुनैं पेय पदार्थ रोज्नुपर्ने हुनसक्छ । कृषि बिकास मन्त्रि हरिप्रसाद पराजुलीले बोले अनुसार काम गरे भने अबको केहि बर्षभित्रै नेपालमा रेड बुल जस्ता विलासी पेय पदार्थ किन्न पाईदैन ।

अन्तर्राष्ट्रिय परिवारिक खेती वर्ष २०१४ को समापन तथा नेपालमा परिवारिक खेती दशक घोषणा गर्दै उनले रेड बुलजस्ता विलासी पेय पदार्थ छिट्टैनै विस्थापित गर्ने बताए । नेपालमैं उत्पादन भएको पेय पदार्थले बजारको हिस्सा ओगट्ने उनको भनाई थियो । नेपालीहरुले अब विलासी पेय पदार्थको बिकल्पका रुपमा दुग्द्यजन्य पदार्थलाई उपभोग गर्नुपर्ने उनको आशय छ ।

कृषि आयातलाई न्युनिकरण गर्न स्थानीय उत्पादनलाई बढावा दिने सरकारको लक्ष्य रहेको उनले बताए ।

कृषि मन्त्री पराजुलीले आफूले कृषि क्षेत्रमा पनि उल्लेख्य सुधार गर्न नसकेको बताउँदै बजेट र नीतिमा राजनीतिक फाइदा खोज्ने परिस्थिती कायम रहेकोेले आफूले सुधार गर्न नसकेको उल्लेख गरे ।

कृषि सहकारीलाई ५० प्रतिशत अनुदान

कृषि मन्त्री पराजुलीले कृषि सहकारीलाई कुल लागतको ५० प्रतिशत अनुदान दिने कार्यक्रम अघि सारेको बताए । कृषि सहकारी क्षेत्रमा दुई करोड सम्म लगानी गर्नेले एक करोड अनुदान पाउने उनको भनाई छ । आगामी जुलाईदेखि अनुदान कार्यक्रम थालनी गरिने पनि उनले स्पष्ट गरे ।

सरकारले चालु आर्थिक वर्षमा २३ अर्ब २८ करोड कृषि बजेट विनियोजन गरेको छ । विनियोजित वजेट मध्ये १३ अर्व सिधै कृषकको घरमा पुर्याउने सरकारको योजना रहेको मन्त्रीको भनाई छ ।

यस्तै नेपाल राष्ट्र बैकका गभर्नर युवराज खतिवडाले कृषिको स्थायित्वको लागि कृषि बीमालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । कृषि बीमालाई गाउ–गाउमा पुर्याउन नसक्नेतर्फ इंगित गर्दै खतिवडाले सरोकारवलाहरु निकायले कृषि बीमालाई प्रभावकारी बनाउन जरुरी रहेको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय