मुसाका कारण ६ घण्टा जहाज रोकिएपछि …..

काठमाडौं, एउटा सानो मुसोले सयौं यात्रु बोकेर उड्ने जहाजलाई रोक्न सक्ला ? तर सक्दो रहेछ । घटना स्पेनको हो । स्पेनमा एउटा जहाज यात्रु लिएर उड्न तम्तयार थियो । जहाज जव उड्नै लागेको थियो विमान भित्र एउटा मुसो देखियो ।

कराउँदै मुसो यत्रतत्र कुद्न थालेपछि यात्री आत्तिए । उनीहरु मुसोलाई बाहिर निकाल्न हरतरहले उपाय लगाउन थाले । जोडजोडले हल्लाखल्ला मच्चाउँदा पनि मुसो बाहिर निस्किएन ।

मुसो सहित जहाज उडाउने त कुरै भएन । त्यसो गर्नु भनेको दुर्घटना निम्त्याउनु नै थियो र नियम अनुसार त्यसो गर्न पाइदैन थियो पनि ।

त्यसैले मुसो खोज्ने क्रम चलिरह्यो । विमानका कर्मचारी देखि लिएर सवै मिलेर मुसो खेद्ने काम ६ घण्टासम्म चल्यो । बल्ल तल्ल बडो मुस्किलले मुसोे फेला पर्यो र त्यसलाई बाहिर निकालियो । दिउँसो ३ बजे उड्न ठिक्क परेको जहाज मुसो खोजेर निकालेर उडाउँदा रातीको ९ बजिसकेको थियो ।

दैनिक जागरणबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: