समुद्रमा भेटिए हात समातेको अवस्थामा शव

काठमाडौं- इण्डोनेसियाको जावामा खसेर दुर्घटना भएको एयर एसियाका यात्री मध्ये केहिको शव हात समातेको अवस्थामा भेटिएको उद्धार दलले जनाएका छन् । 

उद्धारमा संलग्न अधिकारीलाई उध्रित गर्दै भारतीय अनलाइन दैनिक भाष्करले कम्तीमा तीनवटा शव एकअर्काको हात समातेको अवस्थामा शव भेटिएको छ ।

यसैगरी गल्फ न्यूजले विमानका एक यात्रुको शव लाइफ ज्याकेट लगाएको अवस्थामा फेला परेको जनाएको छ ।

यसले विमानमा समस्या आइपरेको बारेमा विमानका यात्रुलाई दुर्घटना हुनु केहि बेर अघि जानकारी भएको अनुमान गर्न सकिने इण्डोनेसियाली खोजी तथा उद्धार दलका अधिकारीहरुले बताएका छन् ।

हालसम्म दुर्घटनाको कारण यकिन हुन नसके पनि खराव मौषम र विमानको कम गतिका कारण विमान दुर्घटनामा परेको अनुमान गरिएको छ ।

इण्डोनेसियाबाट सिंगापुरका लागि उडेको बिमानमा १ सय ६२ जना सवार थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: