कुवेतमा रहेका नेपालीलाई नयाँ राजदुतको आश्वासन

कुवेत, मुर्गाव स्थित होटल गल्फमा कुवेतमा कार्यरत नेपालीहरुले नव नियुक्त राजदुत यज्ञ बहादुर हमालको स्वागत र कार्यवाहक राजदुत विशाल भट्टराईको विदाई एक कार्यक्रम बीच गरे ।

चार दर्जन संघ संस्था र व्यक्ति विशेषले सहभागिता जनाएको सो स्वागत तथा विदाई समारोहको आयोजना गैरआवासिय संघ कुवेतले गरेको थियो । स्वागत समारोहमा बोल्दै नव नियुक्त राजदुत हमालले कुवेतको विमानस्थल देखि गल्फ होटलसम्म आफूलाई गरेको स्वागत जीवनको अविस्मरणीय क्षणको रुपमा रहने बताए । 

उनले भने: ‘म आशावादी मानिस हुँ । नेपालले कुवेतबाट लाभ लिने विषयमा मैले आफ्नो हिसावले अध्यायन गरिरहेको छु । यो देशबाट लाभ लिने संभावना व्यापार र पर्यटन नै प्रमुख रुपमा हो । यसका अतिरिक्त अन्य धेरै कुराहरु पनि छन त्यो म मेरो हिसावले गर्ने छु । जहाँसम्म नेपाली कामदारहरुका समस्याहरु छन तिनलार्ई तपाईहरुको सहयोगमा समाधान गर्नका लागि म दुतावासमा नियमित अन्तरक्रिया गर्ने वातावरण मिलाउने छु ।’

राजदुत हमालको थप भनाई थियो हाम्रो देश र हामी काम गर्ने देशको सम्बन्धलाई प्रगाढ बनाउन तपाईहरुको पनि ठूलो हात हुन्छ । दुवै देशको ईज्जत र कानूनलाई ख्याल राख्दै सहकार्य दुतावाससँग गर्न म अनुरोध गर्दछु । उनले आफ्नो मोवाईल र दुतावासको ढोका नेपालीहरुको कामको लागि जतिसुकै बेला खुला रहने बताए ।

कार्यबाहक राजदुतको कार्यभार सम्हालिरहेका दुतावासका प्रथम सचिव विशाल भट्टराईको पनि सो अवशरमा विदाई गरियो । समारोहमा बोल्दै भट्टराईले राजदुत मधुवन पौडेलको विदाई पछि आफूले दुतावासको काम सम्हाल्दा सवै कर्मचारी र नेपाली समुदायको तर्फबाट सहयोग र सम्मान पाएको भन्दै धन्यवाद दिए ।

कार्यक्रममा नेपाली दुतावासका दितिय सचिव अम्बिका जोशी, श्रम सहचारी गोमा देवी ढकाल, एनसीसी संरक्षक राजेन्द्र तामाङ लगायतले आफ्ना विचार राखेका थिए । कोशेली न्यूजबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय