खाडीबाट रेमिट्यान्स मात्र होइन रोग पनि भित्रिदै

काठमाडौ, पुस ११ – मध्यपूर्वमा कामदार भएर बसेका नेपालीहरूबाट त्यहाँका रैथाने रोगहरू भित्रिएका छन् । पछिल्लो समय त्यहाँबाट घर फर्केका केहीमा क्युटेनियस लेस्मेनियासिस (छालामा घाउका रूपमा देखिने कालाजार) र सिस्टोसोमियासिस (कडा र दीर्घकालीन परजीवीय संक्रमण) पाइएको छ ।

उनीहरूले ती रोगको राजधानीकै अस्पतालमा उपचार गराएका हुन् ।  ‘चारजना नेपालीमा यी समस्या देखियो,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भने । गरिब र ग्रामीण क्षेत्रको रोग मानिने सिस्टोसोमियासिस रोग ‘सिस्टोसोम’ नामक परजीवीले गर्दा सर्छ ।  रोग पानीमा रहने चिप्लेकिरा (स्नेल) मा पाइन्छ । संक्रमित पानीबाट स्वस्थ व्यक्तिमा सर्छ ।

सिस्टोसोमियासिसबाट छाला चिलाउनुका साथै शरीरका अन्य भागमा संक्रमणसमेत हुन्छ । शरीरमा यो परजीवीको संख्यामा बृद्धि भएपछि पखाला, पेट दुखाइ, कलेजो, फियो सुन्निनेजस्ता समस्यासमेत देखिन सक्छन् ।

‘तर समस्या पुरानो भएपछि झन् जटिलता थपिन्छ,’ डा. मरासिनी भन्छन्, ‘पिसाबमा रगत आउने, पिसाब नली, मुत्राशयमा गाँठा पर्ने, अनि मिर्गौलासमेत बिगि्रने हुन सक्छ ।’ यो रोगको उपचार हाल सम्म ‘प्राजिक्विटेल’ नामक औषधिले गरिँदै आइएको छ ।

यस्तै  क्युटेनियस लेस्मेनियासिसका कारण शरीरमा पिलोजस्तो घाउ हुन्छ । महामारी विशेषज्ञ डा. मानसकुमार बनर्जीका अनुसार प्रोटोजोआ नाम गरेको परजीवीले गर्दा हुने यो रोगले अनुहार नै विभत्स देखिने गर्छ । यो रोगले मृत्युसमेत हुन सक्छ ।

डब्लूएचओका अनुसार यो संक्रमण भएकाहरूको शरीरमा जीवनभर घाउका डोब र जटिल अपांगता देखिने गर्छ । करिब ९५ प्रतिशत यो रोग अमेरिका, भूमध्य सागरीय क्षेत्र, मध्यपूर्व र केन्द्रीय एसियामा पाइन्छ ।

‘मध्यपूर्वबाट नेपाली कामदारहरूले आफूसँग बोकेर ल्याउने र हालसम्म मुलुकमा नदेखिएका यस्ता रोगबारे सरकारले विशेष कार्यक्रम ल्याउनुपर्छ,’ डा. बनर्जी भन्छन् ।

कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय