बाख्राले मान्छे जस्तै जन्माएपछि ……….

काठमाडौं, कर्नाटकको मैसुरमा एउटा अचम्मको घटना भएको छ । एउटा बाख्रोले मान्छेको आकृतिको बच्चा जन्माएपछि त्यहाँ हल्लीखल्ली मच्चिएको छ । बाख्रोले जन्माएको पाठो ठ्याक्कै मान्छेको बच्चा जस्तै देखिन्छ ।

सोलापुर नामको गाउँका भास्कर नामका व्यक्तिले घरमा पालेको बाख्रोले दुईटा पाठा जन्माएको थियो । तर पाठा देखेपछि भास्कर हेरेको हेर्यै भए ।

ति पाठाका दुईटा हात, आँखा, मुख सहित शरिरको बबनावट मान्छेको जस्तै छ । केवल पाठाको कान र खुट्टा मात्र बाख्राको जस्तो छ ।

यसको जानकारी पशु चिकित्सक र सरकारी अधिकारीहरुलाई दिइयो । यो खवर तुरुन्तै आगोसरी फैलियो ।

आसपासका गाउँबाट हजारौं व्यक्ति ति अचम्मका पाठा हेर्न ओइरिन थाले । तर ति पाठा जन्मेको केहि बेरमै मरेका थिए ।

पशु चिकित्सकहरु ति पाठा देखेर अचम्ममा परेका छन् । कसरी ति पाठाको आकारप्रकार त्यस्तो भयो उनीहरुले पत्ता लाउन नसकेको दैनिक जागरणको अनलाइन संस्करणमा समाचार लेखिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: