जो भुसुक्क निदाएर स्कुल छुटेकै कारण बाँचे

काठमाडौं, पाकिस्तानमा धेरै स्कुले बालबालिका मारिएको घटनापछि उनीहरुको अन्त्येष्टि हुँदै गर्दा एउटा समाचार आयो एकजना १५ बर्षे किशोर निदाएर स्कुल छुटेकै कारण बाँच्न सफल भए ।

उनी बाँच्न सफल हुनुको पछाडी अचम्मको संयोगले काम गरेको छ, उनलाई उठाउने घडीको अलार्म विग्रनु । त्यहि संयोगका कारण बाँच्ने सफल भए दाउद इब्राहिम ।

इक्प्रेस ट्रिव्यून पत्रिकाका अनुसार दाउद अघिल्लो राती एउटा विवाह समारोहमा परिवारका अरु सदस्यसँगै सहभागि भएका थिए । मंगलवास बिहान उनी समयमा उठेनन् र उनी विद्यालय जान सकेनन् । त्यहि ढिलो हुनु नै उनको जीवन बाँच्ने कारण बन्यो ।

“दाउद निक्कै भाग्यमानी रहेछ । उसले विद्यालय छुटायो किनकी हामी अघिल्लो रात विवाहमा गएका थियौं । उ धेरै ढिलासम्म सुत्यो” दाउदका दाजु सुफिनले भनेका छन् “यो नै उसको भाग्य भयो ।”

सैनिक विद्यालय तथा कलेजमा ११ सय भन्दा धेरै विद्यार्थी थिए । त्यसमध्ये दाउद ९ कक्षाका विद्यार्थी हुन् । उनी जुडोका १६ बर्ष मुनीका खेलाडी पनि हुन् । दाउदका दाजु सुफिनका अनुसार दाउदको कक्षाका अरु सवै विद्यार्थी मारिएका छन् । त्यसैले बुधवार दाउद आफ्ना साथिको अन्त्येष्टिमा गएर दिन विताए ।

“दाउद कोहिसँग पनि बोल्न मान्दैन, उ साह्रै भाव विव्हल भएको छ, किनकी उसको कक्षाको कोहि साथि अव जीवित छैन” सुफिनले भने ।

पाकिस्तानको सैनिक विद्यालयमा गत मंगलवार तालिवानी आक्रमणमा परेर १४२ जना मारिएका थिए । त्यसमध्ये धेरैजसो स्कुले विद्यार्थी थिए ।

तपाईको भनाई के छ ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: