
काठमाडौं, कट्टरपन्थिको देशका रुपमा चिनिने अफगानिस्तानको राजधानी काबुलमा एउटा कहिल्यै नदेखिएको दृष्य देखियो । सामान्यतया महिला बाहिर घुमफिर समेत कम हुने र बाहिर निस्कँदा समेत अनुहार समेत ढाक्ने बुर्का लगाएर निस्कने ठाउँमा एउटी महिला स्कर्टमा देखिइन् ।
धेरै उनलाई देखेर अवाक् भए । उनी आफगानिस्तानको राजधानी काबुलमा आधुनिक पहिरनमा निस्किन् र फटाफट आफ्नो गन्तव्य तर्फ लागिन् । उनी निक्कैै आत्म विश्वासी समेत देखिएकी स्थानीयहरुले बताए ।
काबुलमा पछिल्ला कयौं बर्षयता नदेखिएको दृष्य देखेपछि स्थानीय पत्रकार हयात इन्साफीले फटाफट त्यो तस्वीर खिचे ।
हयातका अनुसार उनी स्वयं समेत त्यो दृष्य देखेर चकित थिए । तर ति महिला को हुन् भन्ने खुलेको छैन ।
हयातले विविसीलाई दिएको जानकारी अनुसार उनले यसअघि कहिल्यै पनि काबुलको सडकमा यसरी महिलाले स्कर्ट लगाएर हिंडेको देखेका थिएनन् ।
उनले ति महिलासँग कुराकानी गर्न खोजेपनि ति महिलाले अस्वीकार गरेको र फटाफट आफ्नो गन्तव्यतिर लागेको बताएका छन् ।
हयातले खिचेका ति तस्वीरहरु सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएका छन् ।
कतिपयले ति महिलाको आँटको प्रशंसा गरेका छन् भनें कतिलयले यसलाई राम्रो काम नभएको तर्क गरेका छन् । अफगानिस्तानमा महिला प्रति निक्कै कट्टर बन्देज छ ।
महिलाले पूरा शरिर ढाक्ने कपडा लगाउनु त्यहाँ अनिवार्य मानिन्छ ।
यसका बारेमा तपाईको कुनै विचार लेख्न चाहनुहुन्छ ?