युएईमा बलात्कारको प्रयास गर्नेलाई १० बर्ष कैद

रसअल खेइमा, युएईको रस अल खेइमाको क्रिमिनल कोर्टले छिमेकी २० बर्षिया एक स्थानीय महिलालाई बलात्कार गर्न खोज्ने व्यक्तिलाई १० बर्षको सजाय सुनाएको छ । घटना सन् २०१४ को सुरुवातमा नै भएको थियो । ति महिला छिमेकीकी घरेलु कामदारसँग कुराकानी गर्न गएको बखत घटना भएको थियो । अकस्मात ति घरधनीले ति महिलालाई पछाडीबाट समातेर लछारपछार पार्दै बलात्कारको प्रयास गरेका थिए ।

ति महिला च्यातिएको कपडा सहित जसोतसो सो घरबाट उम्किन सफल भएकी थिइन् । उनले प्रहरीलाई खवर गरेपछि प्रहरीले सोही समयमा अभियुक्तलाई पक्राउ गरी मुद्धा चलाएको थियो ।

फरेन्सीक परिक्षणका क्रममा बलात्कार नभएको देखिएपनि ति महिलाको शरिरमा लागेको चोटपटकले बलात्कार प्रयासलाई पुष्टि गरेको थियो । सोही अभियोगमा अदालतले उसलाई १० बर्ष जेल सजाय तोकेको हो ।

खालिज टाइम्सबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय