नेपालमा मोदीको क्यारिकेचर रोकिएकोमा भारतमा खुसी !

काठमाडौं, नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्यव्यङ्ग्य श्रृंखला तीतोसत्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्यारिकेचर गरिएको कार्यक्रम प्रशारण रोकेकोमा भारतमा खुसी मनाइएको छ । कार्यक्रममा केहि हिन्दी भाषामा संवाद राखिएकोमा पनि आपत्ति जनाइएको भारतीय अनलाइन दैनिक भाष्करले खवर लेखेको छ । कार्यक्रम रोकिएकोमा निर्माण युनिटले भनें यसले अभिव्यक्ति स्वतन्त्रताको हनन भएको बताएका छन् ।

नेपाल टेलिभिजनका कार्यक्रम निर्देशक प्रकाश जंग कार्कीका अनुसार तीतो सत्यको ५ सय ७६ औं अंक गत शुक्रवार प्रशारण गरिनुपर्ने थियो । तर सो दिन प्रशारणका लागि तयार पारिएको कार्यक्रममा केहि सम्पादन आवश्यक भएको भन्दै रोकिएको छ । तर उनले के कुरा सम्पादन गर्नुपर्ने हो भन्ने बारेमा प्रष्ट पार्न चाहेनन् ।

तीतोसत्य निर्माण युनिटका अनुसार सो कार्यक्रम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमा आधारित थियो । त्यसमा मोदीको विकास मोडलका बारेमा पनि चर्चा गरिएको थियो । पछिल्लो १७ बर्षयता भारतीय प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका थिएनन् । मोदीले भनें चार महिना भित्रै दुईपटक नेपालको भ्रमण गरिसकेका छन् भनें अर्वौं बरावरको सहयोगको घोषणा गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय