रेखा थापाको आगामी चलचित्रको अर्को गीत सार्वजनिक(भिडियो सहित)

काठमाडौं, पौष २५ मा प्रदर्शनमा आउने चलचित्र ‘तथास्तु’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा फिल्मकी रेखा थापा र नव कालाकार विज्ञान जोशीले अभिनय गरेका छन् । दोलखाको मुढेको रमणीय दृश्यमा खिचिएको कारण पनि यो गीत सुन्दर बनेको छ । सार्वजनिक ‘फूलको रङ’ बोलको गीतमा शब्द सुमन कार्की, संगीत बसन्त सापकोटा र स्वर राजेश पायल रार्इ र अन्जु पन्तको रहेको छ । साविर श्रेष्ठको निर्माणसंगै निर्देशन पनि रहेको यो फिल्म नारिप्रधान चलचित्र भएको बताइएको छ । मुख्य अभिनय रेखा थापाको रहेको यस चलचित्रमा रेखा र विज्ञानसंगै किशोर खतिवडा, सुवास थापाको मुख्य भूमिका छ । केहि दिन अघि यस चलचित्रको ‘कहिले माया स्याड फेस‘ बोलको गीत सार्वजनिक गरिएको थियो । भिडियो हेर्नुहोस् ……… https://www.youtube.com/watch?v=nm432Bxm01Q

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय