रेमिट्यान्सका बारेमा बैंकर बाँडिए

काठमाडौं, बैंकहरूको प्रमुख आम्दानी स्रोत बनिरहेको रेमिट्यान्स व्यवसायमा राष्ट्र बैंकले कडाइ गरेपछि बैंकरहरू विभाजित भएका छन् । राष्ट्र बैंकले आइतबार बैंकहरूले अनिवार्य रूपमा खातामार्फत रेमिट्यान्स भुक्तानी गर्नुपर्ने प्रावधान ल्याएसँगै बैंकरहरू यसको पक्ष र विपक्षमा बाँडिएका हुन् । यो व्यवस्थामा सहमति जनाउने बैंकर संघका अध्यक्ष राजनसिंह भण्डारीविरुद्ध केही बैंकरहरूले हस्ताक्षरसमेत सुरु गरेका छन् ।

धेरै बैंकरहरूले कडाइप्रति असहमति जनाएका छन् । वाणिज्य बैंक तथा विकास बैंकले बैंकिङ प्रणालीमार्फत मात्र रेमिट्यान्सको कारोबार गर्नुपर्ने व्यवस्था गरेपछि बैंकरहरू असन्तुष्ट भएका हुन् । रेमिट्यान्स सेवा प्रदान गर्नका लागि राष्ट्र बैंकबाट छुट्टै अनुमति लिनुपर्ने तथा अनिवार्य बैंक खातामार्फत भुक्तानी दिनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । केही बैंकर यो व्यवस्थाविपरीत लागेका छन् । राष्ट्र बैंकले रेमिट्यान्स कम्पनी र बैंकले दिने रेमिट सेवालाई फरक ‘ट्रिट’ गर्न नहुने उनीहरूको भनाइ छ । केन्द्रीय बैंकले विदेशबाट प्राप्त रेमिट्यान्स ग्राहकको खातामै जम्मा गर्न तथा भुक्तानी पनि खातामार्फत दिने व्यवस्था १ वर्षभित्र गर्न निर्देशन दिएको छ । रेमिट्यान्स व्यवसाय गर्न विदेशी विनिमय ऐनअनुसार राष्ट्र बैंकको विदेशी विनिमय विभागबाट अनुमति लिनुपर्ने व्यवस्था छ । “हालको प्रणाली धेरै पारदर्शी हुँदाहुँदै पनि त्यसलाई अपारदर्शी बनाउने प्रयास भएको छ,” बैंकर एसोसिएसनका पूर्वअध्यक्ष तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा भन्छन्, “नयाँ व्यावस्थाले रेमिट्यान्स कार्यको लेखापरीक्षणमा समस्या र सेवाग्राहीलाई असुविधा हुन्छ ।” राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले रेमिट्यान्स सेवालाई व्यवस्थित गर्नका लागि निर्देशन ल्याइएको बताए । “हाल बैकिङ च्यानलभन्दा बाहिर भएको रेमिट्यान्सलाई च्यानलभित्र ल्याउन प्रयास गरिएको हो,” उनले भने, “यो व्यवस्थाले आतंककारी प्रयोजनाका लागि आएको रकम छुट्ट्याउन सहज हुन्छ ।” नयाँ व्यवस्थाअनुसार बैंक र विकास बैंकले रेमिट्यान्स कार्यका लागि अन्य सर्त पनि पूरा गर्नुपर्नेछ । बैंकले लिने कमिसन विदेशी मुद्रामै हुनुपर्ने, रेमिट्यान्सका लागि विदेशी बैंक तथा संस्थासँग गरिएको सम्झौताबारे केन्द्रीय बैंकलाई जानकारी गराउनुपर्ने, रेमिट्यान्स सेवा सुपरिवेक्षणका लागि कार्यविधी बनाई लागू गर्नुपर्ने सर्त छन् ।

बैंकले रेमिट्यान्स आप्रवाह तथा भुक्तानीसम्बन्धी मासिक विवरण बनाउने तथा आम्दानी र खर्चको विवरण अर्धवार्षिक रूपमा केन्द्रीय बैंकलाई दिनुपर्नेलगायत पनि छन् । कारोवारबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय