स्वदेशमैं बस्न रुचाउँछन् सीप जानेका युवा

काठमाडौं, सीप सिकेका सय युवामध्ये ९० जना स्वदेशमैं काम गर्न चाहेको एक तथ्यांकले देखाएको छ । हेल्भेटास स्वीस ईन्टर्कोअपरेसन अन्तर्गतको रोजगार कोषका अनुसार सीप पछि १० प्रतिशत मात्र युवाको रोजाई विदेश हुने गरेको छ ।

सीप जानेका युवाहरुका लागि स्वदेशमैं रोजगारीका अवसरहरु सिर्जना हुनेहुँदा धेरैजसो युवा खाडी जान नचाहेको कोषका सञ्चार अधिकृत कोमल भट्टले बताए । तालिम पछि युवाहरुको सुरुको आम्दानी ४ हजार ६ सय भन्दा माथि हुने युवाको संख्या ७० प्रतिशत र झण्डै २० प्रतिशतको त्यो भन्दा कम आम्दानी भएको उनले जानकारी दिए । तर कार्यअनुभवसँगै आम्दानीको दर पनि बढ्दै जाने हुँदा केहि महिनाको अन्तरालमा उनीहरुले खाडीमा जत्तिकै आम्दानी गर्न सक्ने तथ्य अनुसन्धानले पुष्टि गरेको उनको भनाई छ ।

कोमल भट्ट

वित्तिय पहुँचमा सरलता हुने हो भने लगभग सबै युवाले स्वदेशलाईनैं कर्मथलो बनाउन सक्ने उनको बुझाई छ । सीप जानेका युवाहरुका लागि बैंकले सहज ढंगबाट ऋण लगानी नगर्दा स्वरोजगार बन्न चाहने युवाहरु बढी प्रभावित भएको उनले बताए । ‘सामान्यतया ५० हजार पैसा जुटाउन सके भने युवाहरु आँफैले काम सुरु गर्न सक्छन्, सुरुवातमा आउने समस्या सँग जुध्न धेरै युवाले २ लाख जतिको योजनाबाट व्यबसाय सुरु गरेका छन् ।’ उनले भने–‘तर देख्दा सानो रकम भएपनि बैंकबाट ऋण पाउन त्यती सजिलो छैन ।’

SAM_8970

लक्ष्मी शर्मा

कोषका अनुसार सीप जानेका युवामध्ये ४२ प्रतिशतले अहिले आफ्नै व्यबसाय सुरु गरेका छन् । यदि वित्तिय पहुँच सरल बनाउने हो भने ७० प्रतिशत युवाले आफ्नै व्यबसाय थालनी गर्ने भट्ट दाबी गर्छन् । सन् २००८ देखि सीपमुलक तालिम दिईरहेको कोषले सहयोगी तालिम प्रदायक संस्थाहरु मार्फत अहिलेसम्ममा ८० हजारभन्दा बढीलाई तालिम दिसकेको छ ।

निर्माण तथा पुर्वाधार क्षेत्रसँग सम्बन्धित काममा सीप जानेका मान्छेहरुको माग ठुलो हुनेगरेको पिस प्राविधिक तालिम केन्द्रका कार्यकारी निर्देशक लक्ष्मी शर्मा बताउँछन् । आल्मुनियम फेब्रिकेसन, जीप्सन, स्टेनलेस स्टील, वेल्डिङ, ईण्डष्ट्रीयल ईलेक्ट्रिसियन, प्लम्बिङ, मोबाईल रिपेयरिङ, फर्निचर जस्ता सीपका क्षेत्रमा तुरुन्तै रोजगारीको अबसर रहेको उनले बताए ।

‘सीप सिकेपछि खाली हात बस्नुपर्दैन । तर बजारको आवश्यकता अनुसारको सीप नहुँदा काम पाउन कठिन पनि हुनसक्छ ।’ उनी भन्छन्–‘सीप सिक्नुभन्दा अगाडी आफुले सिकेपछि त्यो क्षेत्रमा काम पाईन्छ की पाईदैन भन्ने कुरामा ध्यान दिनुपर्छ । तालिम दिने संस्थामा गएर पनि आफ्नो ईच्छा व्यक्त गर्ने र उनीहरुको सल्लाह अनुसारको सीप सिक्दा पनि काम तुरुन्तै पाईन सक्छ ।’

बजारको आबश्यकता तथा युवाहरुलाई सहि परामर्श दिएर तालिम गराईयो भने त्यसबाट राम्रो नतिजा प्राप्त हुने शर्मा बताउँछन् । ‘युवाहरुलाई तालिम लिनु अघि तिमी ज्यालामा काम गर्न गयौ भने फाईदा यि छन् र जोखिमहरु यस्ता छन् अथवा उद्यमशीलतामा फाईदा यि छन् जोखिम यि हुन्छन् भनेर अभिमुखिकरण कक्षामा जानकारी दिनुपर्छ ।’ उनी भन्छन्–‘त्यसपछि प्रशिक्षार्थीहरुले आफ्नो क्षमता र रुचिअनुसार ज्यालामा काम गर्नेकी आफ्नै व्यवसाय सुरु गर्ने भनेर बाटो रोज्नुहुन्छ ।’ तर सीप सिकेका अधिकांश युवाले स्वरोजगारको क्षेत्रलाईनैं रोज्ने गरेको उनको दाबी छ ।

विनोदकुमार चौलागाई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय