कसरी लिने खाडीमा लाइसेन्स ?

दामोदर दाहाल, मध्यपूर्व अर्थात युएई, कतार, साउदी, कुवैत, ओमान र बहराइनमा (बिषेशत यूएई) गाडी, कार र मोटरसाइकल अर्थात् कुनैपनि सवारी साधन चलाउनको लागि ती देशहरुले अख्तियार दिएका ड्राइभीङ स्कुलहरुमा मात्र गएर थोरैमा पनि ४० ओटा क्लास लिनु अनिबार्य हुन्छ ।

स्कुल भर्ना हुनको लागि अंग्रेजीमा डाईभिङ र ट्राफिक सम्बन्धी सामान्य जानकारी हुन अनिबार्य छ र आफुले काम गर्ने कम्पनिले नो अब्जेक्सन लेखेको चिठ्ठी दिनु पर्ने हुन्छ । त्यसपश्चात आफनो भिसा, पासपोर्टको सक्कल र कपि, २ प्रति फोटो सहित गएर आँखाको टेस्ट गरेपछि अख्तियारवाला गाडी सिकाउने स्कुलमा गएर भर्ना हुन सकिन्छ। नियमित स्कुल जान जरुरी छ, यदि कुनै एक दिन मात्रै क्लास छुटेमा फेरि क्लास हुने छैन । त्यसैले सावधानीपूर्वक सबै क्लास लिन छोड्नु हुदैन।

केहि दिन रोडमा क्लास गराइसके पछि पहिला कम्प्युटरमा रोडका सिग्नलको बारेमा पास हुनुपर्छ त्यहाँ पास हुन नसके अगाडी क्लास सुरु गर्न पाइदैन । त्यसपछि, पर्किङ्ग टेस्ट, अनि थोरैमा पनि ८ ओटा लेक्चर क्लास लिनु पर्ने हुन्छ । यो सबै प्रक्रिया समाप्त भएपछी र ४० ओटा रोडमा क्लास लिइसके पछि स्कुलको सुपरभाइजरले अन्तिम रोडको टेस्ट लियर पास भएपछि सो व्यक्तिको डकुमेन्ट यातायात अन्तर्गतको लाइसेनिङ्ग फाँटमा पुग्छ ।

क्लास लिदा शिक्षकले बिधिपूर्वक गाडी हाँक्न सिकाउने छन् । यहाका रोड चिल्ला र धेरै गतिमा गाडी दौडने भएकाले धेरै कुरामा ध्यान पुर्याउनु जरुरी हुन्छ । यी ४ देखि ८ लाइनका चिल्ला रोडमा १ सय २० को स्पिडमा गाडी कुदाउन मुटु पनि दह्रो बनाउनु पर्छ, त्यति सहज हुदैन ।

ड्राइभिङ क्लास लिदैमा पास हुने पक्का चाही हुदैन । कोहि त १५ चोटीसम्म फेल भएको पनि सुनिएको छ । यस्तो भयो भने लगभग नेपाली २ देखि ३ लाख रुपया यहाँको लाइसेन्स लिन मात्र लाग्छ । एक दुर्इ टेष्टमा लाइसेन्स प्राप्त गरेका अत्यन्त थोरै मात्रै मानिसहरु देखिन्छ । प्रत्येक टेष्टमा पासहुने दर पनि निकै कम मात्र हुन्छ ।

धेरै डाइभर ड्राइभिङ गर्दा लाइन चेञ्जमा फेल हुन्छन त कोहि यु टर्न गर्दा । अलि धेरै जसो ठुलो खालको इन्टरचेन्ज (५/६ ओटा फरक फरक रोड जोडिएको केन्द बिन्दु) मा हड्बडाउछन र फेल हुन्छन ।

यहाँ ड्राइभिङ सिकाउदा ५ ओटा कुराको ध्यान दिन जरुरी हुन्छ भनेर सिकाइन्छ ।

जस्तै

सेन्ट्रलको सिसा हेर्ने

दाँया र बाँयाको सिसा हेर्ने

फेरी सेन्ट्रल सिसा हेर्ने

त्यसपछि कता जाने हो त्यतापट्टीको लाइट बाल्ने

लाइन चेन्ज गर्ने

तर यो सबै गर्दागर्दै नयाँ सिक्ने सिकारु ड्राइभरले गाडीको लाइन यौटाबाट अर्को पुगिसकेको हुन्छ र फेल हुने कारण बन्छ। त्यसैले द्राइभिङ्ग गर्दा नडराउने, नियमको पालना गर्ने, स्पिड लिमिटको ख्याल राख्ने गर्यो भने यहाँ लाइसेन्स लिन त्यति गार्हो हुदैन ।

तपाईको विचार लेख्नुहोस्

न्यूज हिमालय डटकममा राखिएको सामग्री

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय