चितवन युवा समूह कतारले गर्यो आर्थिक सहयोग

चितवन, चितवन युवा समूह दोहा कतारले एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग प्रदान गरेको छ । मिलन क्लव दिव्यनगरद्धारा आयोजित रकम हस्तान्तरण कार्यक्रममा कतारको तर्फबाट ५० हजार नगद सहयोग प्रदान गरिएको थियो ।

चितवनको पश्चिमी क्षेत्र चित्रवन नगरपालिका, दिव्यनगर गाविस, शुक्रनगर गाविस र मेघौली गाविसका वासिन्दाहरुको आकस्मिक उपचारको लागि सदरमुकाम भरतपुरका अस्पतालसम्म लैजान एम्बुलेन्सको आवश्यकता महसुस गरी स्थानीय वासिन्दाले अभियान सुरु गरेपछि नविन गुरुङको विशेष पहलमा कतारको तर्फबाट सो रकम जुटाईएको हो ।

हालसम्म डेढ लाखको हाराहारीमा रकम जम्मा भैसकेको र एम्बुलेन्स खरिद गर्नको लागि बाँकी रकमका लागि विभिन्न दातृ संस्था, सामाजिक संस्था तथा सम्बन्धित प्रशाशनिक क्षेत्रमा पनि पहल भैरहेको मिलन क्लवका अध्यक्ष ज्ञान प्रसाद खनालले बताए ।

सो अवसरमा अभियानमा आर्थिक तथा भौतिक सहयोग गर्ने व्यक्तित्वहरुलाई कदरपत्र प्रदान गरीएको थियो । कार्यक्रमममा चितवन युवा समूह नेपालका अध्यक्ष मुक्ति प्रसाद अधिकारी, चितवन युवा समूह कतारका अध्यक्ष भूमिराज दाहाल, चितवन युवा समूह कतारका पूर्व अध्यक्ष तथा नेपाल कतार संयोजक बालकृष्ण पौडेल, चितवन युवा समूह नेपालका उपाध्यक्ष बुद्धि राज अर्याल, सचिव विश्वनाथ सापकोटा तथा चितवन युवा समूह कतारका पूर्व महासचिव तथा नेपालका कोषाध्यक्ष गणेश ढकाल लगायत सहभागि थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: