कतारमा हड्तालमा उत्रेका नेपाली लगायतलाई पक्रेर स्वदेश फर्कार्इंदै

कतार, कतारमा न्यून तलवको विरोध गर्दै हड्तालमा उत्रेका एक सय भन्दा बढी कामदारलाई पक्राउ गरिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनीहरुलाई स्वदेश फर्काउने तयारी गरिएको उनीहरुका साथीहरुलाई उध्रित गर्दै दोहा न्यूजले खवर लेखेको छ ।

नेपालसँगै भारत, श्रीलंका र वंगलादेशका ७ सय कामदार न्यून तलव दिइएको भन्दै यहि हप्ता हड्तालमा उत्रेका थिए । उनीहरु दुईवटा कम्पनीहरु कतार फ्रिलान्स टे«डिङ एण्ड कन्स्ट्रक्सन तथा कतार मिडल इष्ट कम्पनीका तर्फबाट निर्माणको काममा संलग्न थिए ।

उनीहरुले हालसालै पुननिर्माण गरिएको शेराटन होटलमा काम गरेका थिए । हड्तालमा उत्रेका ७ सय मध्ये ६ सय कामदार नेपाली भएको बताइएको छ ।

दोहा न्यूजसँग कुराकानी गर्दै लेवर क्याम्पमा रहेका हड्तालमा उत्रेका बाँकी कामदारहरुले आफूहरुलाई पनि निकट भविष्यमा पक्राउ गरी जवर्जस्ती स्वदेश फर्काउने सम्भावना रहेको बताएका छन् ।

उनीहरुले कम्पनीको लेवर क्याम्प वरीपरी प्रहरीहरु घुमिरहेको बताएका छन् । शुक्रवार छुट्टीको दिन पनि व्यवस्थापकले काममा आउन आदेश दिएपछि हड्ताल सुरु भएको जनाएको छ । आदेश अवज्ञा गरेको भन्दै क्याम्प प्रमुखले थुप्रै कामदारलाई प्लाष्टिकको पाइपले कुटेको कामदारहरुले बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: