
काठमाडौं, पोल्याण्डको लुवेलस्की शहरमा एकजना ९१ ब्र्षकी महिलालाई मृत घोषणा गरिएको ११ घण्टा पछि उनी मुर्दाघरमा उठेर बसिरहेको अवस्थामा फेला परेकी छन् । जेनिना केलकेविज नामकी ति महिलालाई डाक्टरले मृत घोषणा गरिदिएका थिए ।
यसरी मृत घोषणा गरिएकी महिला बाँचेकै सुनेर तिनलाई मृत घोषणा गर्ने डाक्टर वाइस्लाव सी भनें बेहोस भएकी छन् । म जेनिनालाई हेर्न उनको घरमा गएको बेलामा उनी जिवित भएको कुनै लेस पनि बाँकी थिएन । मैले पूरै परिक्षण गर्दा पनि उनी जीवित भएको संकेत फेला पार्न सकिकी थिइन उनले भनेकी छन् ।
मृत घोषित गरिएपछि जेनिनालाई मुर्दाघरमा लगेर राखिएको थियो । आधा रात हुनु भन्दा केहि अघि एकजना कर्मचारी जव अर्को लाश बोकेर मुर्दाघरमा पुगे, जेनिनालाई छटपटाइरहेको अवस्थामा उनले भेटे ।
उनले आफुलाई चिसो भएको भन्दै तातो चियाखान दिन आग्रह गरिन् । त्यसपछि उनलाई घर लगियो । अहिले उनी स्वस्थ भइरहेकी छिन् ।
आइबीएन खवरबाट