भिनाजुसँगको सम्वन्धका कारण श्रीमानलाई ज्यँदै आगो लगाइयो

काठमाडौं भारतको विहारकी एक महिलाले श्रीमानलाई मट्टीतेल छर्केर आगो लगाइदिएकी छिन् । जलेर उनको मृत्यु भएको छ । प्रहरीले ति महिलाको उनका भिनाजुसँग सम्वन्ध थियो जसको तिनका पतिले विरोध गरेका थिए ।

प्रहरीका अनुसार अमिआ गाउँ निवासी धर्मेन्द्र चौहानको विवाह मेहदीपुरकी रुबीसँग भएको थियो । विवाह भएदेखि नै रुबी श्रीमानको घरमा बस्न चाहेकी थिइनन् । घर आएको एकदुई दिनमा नै उनी माइत फर्किने गरेकी थिइन् ।

पछिल्लो बुधवार पत्निलाई लिन धर्मेन्द्र ससुरालीमा आएका थिए । त्यहिं दुईबीच झगडा भएको थियो । शुक्रवार राती धर्मेन्द्र सुतेको अवस्थामा रुबीले उनको जीउमा मट्टीतेल छर्केर आगो लगाइदिइन् । जसका कारण धर्मेन्द्रको घटनास्थलमै ज्यान गयो ।

घटनापछि रुबी, उनका भिनाजु शंकर चौहान, रुबीकी आमा र बाबु विरुद्धमा उजुरी परेको छ । उनीहरु सवै फरार रहेको प्रहरीले जनाएको छ ।

आजतकबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: