फेसबुकबाट बनाएकी केटी साथि श्रीमति परेपछि …..

काठमाडौं-कुवेतमा एकजनालाई फेसबुकबाट बनाएकी केटी साथिमार्फत आपत आइपरेको छ । नाम उल्लेख नगरिएका ति व्यक्तिलाई फेसबुकमा एउटी युवतिको साथि बन्ने प्रस्ताव आयो । उनले केटीको अनुरोध देख्ने वित्तिकै तुरुन्तै त्यसलाई स्वीकारे ।

दुईबीच दिनहुँ कुराकानी हुन थाल्यो । उनीहरु कुराकानी गरेर घण्टौं विताउन थाले । अन्त्यमा उनीहरु एउटा होटलमा भेट्न तयार भए ।

युवतिसँगको भेटघाटका लागि ति व्यक्ति निक्कै उत्साहि थिए । त्यसैले निक्कै सजिसजाउ भएर उनी होटलमा पुगे । तर जव उनी होटल पुगे उनी पुरै चिसो पानीले जाडोमा नुहाएजस्तै भए, किनकी त्यहाँ कुनै अन्य युवति नभइ तिनै व्यक्तिकी श्रीमति उनलाई पर्खिरहेकी थिइन् ।

खासमा ति व्यक्तिकी श्रीमतिलाई उनका श्रीमान् फेसबुक मार्फत बनाइएकी केटी साथिसँग भेटघाट गर्न र सम्वन्ध बढाउन इच्छुक छन् भन्ने शंका थियो । त्यसैले श्रीमतिले नै कुनै फर्जी फेसबुक एकाण्ट बनाएर त्यसरी श्रीमानलाई झुक्याएकी थिइन् ।

यसरी होटलमा भेट भएका ति श्रीमान् श्रीमतिबीच झगडा परेपछि घटना प्रहरी कार्यालयसम्म पुग्यो । यो घटनापछि ति श्रीमतिले श्रीमानसँग छोडपत्र गर्ने इच्छा जाहेर गरेकी छन् ।

दैनिक जागरणबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय