कार्तिक महिनामा ४३ हजार युवा विदेशिए

काठमाडौं, ९ मंसिर– वैदेशिक रोजगारीका सन्दर्भमा कार्तिक महिनामा ४३ हजार २ सय १३ युवा विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार कार्तिकमा ४१ हजार २ सय ८९ पुरुष र १ हजार ९ सय २४ महिलाले अन्तिम श्रमस्वीकृति लिएका थिए । विभागले जनाए अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा १ लाख ७२ हजार ६ सय २३ युवाले अन्तिम श्रमस्वीकृति लिएका छन् । जसमध्ये महिलाको संख्या ८ हजार ३ सय ३० मात्र छ ।

अन्तिम श्रम स्वीकृतिसँगै पुर्व श्रम स्वीकृति लिनेको संख्या पनि उत्तिकै छ । कार्तिक महिनामा मात्र १ लाख ५ हजार ८ सय १० युवाले पुर्वश्रमस्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक बर्षको बितेका चार महिनामा कार्तिक महिनामा सबैभन्दा बढी युवाले बिदेशिन पुर्वश्रमस्वीकृति लिएका हुन् ।

विभागका प्रबक्ता बद्री कार्कीका अनुसार साउन महिनामा ७१ हजार ८ सय ६१, भदौमा एक लाख ४ सय ६६ र असोजमा १ लाख दुई हजार ४ सय ८८ युवाले पुर्वश्रमस्वीकृति लिएका थिए । चालु आर्थिक बर्षको पहिलो चार महिनामा ३ लाख ८० हजार ६ सय २५ युवाले पुर्वश्रमस्वीकृति लिईसकेका छन् । जसमध्ये महिलाको संख्या १३ हजार ३ सय २ मात्र रहेको उनले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: