श्रमिक र मालिक विवादको छिनोफानो छलफलबाट

कुनै बेला थियो श्रमिकले माग राखेभने उद्योग–प्रतिष्ठानका मालिक छलफल गर्नुको साटो नेता गुहार्न पुग्थे । श्रमिक नेता पनि के कम ‘पार्टी लाईन’ अनुसार उनीहरुसँग पनि ‘पावर’मा भएका नेताको कमी थिएन । अनि विवाद समाधानतर्फ जानुको सट्टा उत्कर्षमा पुग्थ्यो ।

श्रमिकका माग जाहेज छन्/छैनन् अथवा कानुनसम्मत छ÷छैन भनेर समाधान नखोज्ने मालिक र पाईन्छ की भनेर जे–पनि माग राख्न खोज्ने श्रमिकका व्यबहार अहिले सुधारतर्फ गएको देखिन्छ । श्रमिक प्रतिनिधिले पनि चलनमा रहेको कानुन अनुसार माग राख्ने तथा रोजगारदाताले वार्ता र छलफलबाट त्यस्ता मागलाई समाधान गर्दै जान थालेका छन् । देशपरदेश डक कमले उद्योग–प्रतिष्ठानमा हुनेगरेका विवाद र समाधानका बिषयमा श्रमिक नेताहरुको अनुभव संकलन गरेको छ ।

चन्द्र थापा स्वास्थ्य क्षेत्र

स्वास्थ्य क्षेत्रमा विगत एक दशक अघिदेखि मुडेबलको अभ्यास थियो । यसले गर्दा विवादहरु बल्झिने र व्यबस्थापकले पनि त्यसलाई ‘डील’ नगर्ने तथा कानुनी प्रकृयाबाट जानुभन्दापनि हुलहुज्जतबाट

चन्द्र थापा

समाधान गर्ने चलन थियो । अहिले पछिल्लो चरणमा श्रम ऐनकै माध्यमबाट कानुनले व्यबस्था गरेको सामुहिक सौदावाजीको प्रकृयाबाट मागपत्र राख्ने, छलफल गर्ने र समाधान तर्फ अघि बढ्ने प्रकृयाबाट धेरै ठाउँमा व्यबस्थित भैरहेको छ । अहिले काठमाडौं लगायत देशभरका धेरै अस्पतालहरुमा राज्यले व्यबस्था गरेको कानुनी बाटोबाट स्वास्थ्यकर्मीका मागहरुलाई समय सान्दर्भिक ढंगबाट सम्बोधन गर्न सफल भैरहेका छौं ।

व्यबस्थापकहरु युनियन भन्नासाथ तर्सिने र डराउने गर्थे । युनियनका नेतालाई प्रलोभनमा पारी प्रयोग गर्नेखालका अभ्यास पनि थिए । युनियनका पदाधिकारीहरु जो नेतृत्वमा आउँछन् उनीहरुलाई प्रमोसन गर्ने तथा टेबुल मुनिबाट अन्य किसिमका सुविधा दिएर अरु श्रमिकलाई अन्याएमा पार्ने गरिन्थ्यो । अहिले कर्मचारीहरुले पनि धेरै कुरा बुझिसक्नुभएको छ । हामी एकजुट भएरमात्र कर्मचारीहरुको हक अधिकार सुनिश्चित गर्न सक्नेरहेछौं भन्ने चेतनाको बिकास भएको छ । व्यबस्थापकले आफ्नो स्वार्थ पुरा भएपछि त्यस्ता नेतालाई पछार्ने गरेको धेरै उदाहरण भएकाले अहिले नेतृत्व पनि सचेत भएको छ । व्यबस्थापकले पनि वार्ता र छलफलका माध्यमबाट कानुनी बाटो रोज्दा समाधान निस्कदोरैछ भन्ने बुझेका छन् ।

धर्मानन्द सञ्जेल

धर्मानन्द सञ्जेल

धर्मानन्द सञ्जेल जुट, गार्मेन्ट, टेक्सटायल क्षेत्र

२०४६ सालपछि जब बहुदल आयो उद्योगपतिहरुमा केहि दम्भ थियो । ट्रेड युनियनहरुपनि आन्दोलनबाट भर्खरै आएका हुनाले आफ्नो क्रान्तिकारी मागहरु राख्ने चलन बढ्यो । तर पछि यो बाटो गलत हो भन्ने उद्योगपतिले र ट्रेड युनियन दुबैले बुझ्दै गए । हामीले के बुझ्यौं भने दुवैपक्ष सँगसँगै गयौं भने कारखाना पनि चल्छ । मजदुरको अधिकार पनि प्राप्त गर्न सकिन्छ ।

धेरै उद्योगमा तपाई अहिले हेर्न जानुभयो भने हरेक समस्या वार्ताबाट समाधान भएको पाउनुहुन्छ । पहिला माग राख्दा पुरा गर्छु भनेर सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने खालको अबस्था थियो । अहिले सम्झौताहरु कार्यान्वयन हुन्छन् । गैरकानुनी रुपमा मजदुर निकाल्ने काम छुटपुट सुनिन्छ तर समस्याको रुपमा छैन ।

भक्तबहादुर गुरुङ

भक्तबहादुर गुरुङ

भक्तबहादुर गुरुङ

यातायात क्षेत्र

व्यबसायीहरुले धेरै चालकहरुलाई उचित पारिश्रमिक नदिने, बिदा नदिने तथा अन्य खालका दुःख दिने काम हुन्थ्यो । तर अहिले संगठनका माध्यमबाट यस्ता समस्या छलफलबाट समाधान हुन थालेका छन् । जति पनि मजदुर र व्यबसायीका समस्या आउँछन् त्यस्तो अवस्थामा मजदुर र व्यबसायीका संगठन मिलेर एक आपसमा छलफलका माध्यमबाट समाधान गर्ने प्रकृयामा अगाडी बढिरहेको छ ।

पहिला हामीले काम गर्दाको अवस्थामा मजदुरका पनि संगठन थिएनन्, व्यबसायीका पनि संगठन थिएन । व्यबसायीका काम पनि मजदुरलेनैं गर्नुपथ्र्यो । विवाद आउँथे र व्यक्तिगत रुपमा कुराकानी हुन्थ्यो । कतिपय समस्या त व्यबसायीसँग कुराकानी पनि हुँदैनथ्यो । मजदुरलाई परेको अन्याय सुनुवाई हुने ठाउँनै थिएन । कतिपय घटनमा असभ्य व्यबहार पनि हुन्थे । अहिले अब कुनैपनि समस्यामा सामुहिकता आएको छ । भन्नुको अर्थ जसलाई समस्या परेपनि मजदुर र व्यबसायीका संगठनका बिचमा छलफल हुन्छ र कानुनले गरेको व्यबस्थामा टेकेर समाधान खोजिन्छ । समस्या व्यक्तिको नभएर त्यो समग्र क्षेत्रको हो भन्ने चेतना बढेको छ । जसका कारण अहिले दुवैपक्षलाई काम गर्न सजिलो भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: