हिन्दु मुस्लिमबीचको प्रेम सम्वन्धका कारण तनाव, बन्दुक र तरवार निकालियो

काठमाडौं, कात्तिक ९- गुजरातको बडोदरा जिल्लामा हिन्दु र मुस्लिम युवा युवतिबीचको प्रेम सम्वन्धका कारण तनाव उत्पन्न भएको छ । दुवै पक्ष आक्रोशित रुपमा अघि बढेपछि दंगा भड्किएको छ । दुवै पक्ष बन्दुक तथा तलवार लिएर एकापसमा भिडेको दैनिक भाष्करले समाचार लेखेको छ । स्थीति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । झडपमा ९ जना घाइते भएका छन् जसमध्ये चार जना प्रहरी रहेका छन् । 

प्रहरीका अनुसार घटना धानियाववी गाउँमा भएको हो । ति युवा युवति बीचको प्रेम सम्वन्धका कारण लामो समयदेखि गाउँमा तनाव थियो । केटाको बाबुले प्रहरीमा उजुरी नगर्ने सर्तमा केहि अघि घटनालाई गाउँमा नै मिलाइएको थियो । तर केटीले केटालाई एसएमएस पठाएपछि फेरी तनाव बढेको स्थानीयले बताएका छन् ।

अकस्मात दुवै पक्ष बन्दुक र तरवार लिएर रणमैदानमा उत्रिएका थिए । दंगा सुरु भएलगत्तै पुगेको प्रहरीले हवाईफायर गरी भिडलाई तितरवितर पारेको थियो । प्रहरीले ३२ थान हतियार समेत बरामद गरेको छ । २४ जना पक्राउ परेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय