
काठमाडौं, कात्तिक ७- भारतीय बायुसेवा एयर ईन्डियाको फ्लाइटमा आत्मघाती हमलाको धम्की दिइएको छ । एयरपोर्ट अथोरिटी अफ इन्डियालाई पठाइएको धम्कीपूर्ण पत्रमा विमानमा आत्मघाती आक्रमण गरिने चेतावनी दिइएको हो ।
भारतीय गृृहमन्त्रालयले पनि मुम्वई, अहमदवाद वा कोचिन मधये कुनै एक विमानस्थलबाट आतंकवादी एयर इन्डियाको विमानमा पस्न सक्ने जानकारी आफुले पाएको भन्दै यसमा सतर्क गराएको छ ।
सम्भावित खतरालाई मधयनजर गर्दै गहमन्त्रालयले यी तीनवटै विमानस्थलमा सुरक्षा सतर्ककता बढाउन आदेश दिएको दैनिक भाष्करको अनलाइन संस्करणले लेखेको छ ।
सुरक्षा अधिकारीहरुका अनुसार आतंकवादीले अहमदवाद मुम्वई वा मुम्वई कोचिनको रुटलाई निशाना बनाएका छन् । यसमध्ये पहिलो फ्लाइट शुक्रवार मध्यरातमा तथा दोश्रो शनिवार बिहान छन् ।
सुत्रले यी दुई मध्ये कुनै एकमा आत्मघाती आक्रमणकारी पस्न सक्ने सुचना दिएको छ । आक्रमणको धम्की एयर इन्डियामा दिइएको भए पनि झक्याएर अरु विमानमा आक्रमणकारी पस्न सक्ने भन्दै सवै विमानका यात्रुको गम्भीर रुपमा खानतलासी गर्न आदेश दिइएको छ ।
सुचना पाए लगत्तै ति विमानस्थलमा मेटल डिटेक्टरबाट सामान जाँचन थालिएको छ भनें विस्फोटक पदार्थ पत्ता लगाउने कुकुरहरुबाट समेत यात्रु तथा सामान जाँच्न थालिएको छ । यसैगरी अपहरणका समयमा परिचालन हुने विशेष कमाण्डोलाई पनि तैनाथ गरिएको छ ।