भारतीय प्रधानमन्त्रीलाई नेपालीको फोटो चोरेको आरोप

काठमाडौं, कात्तिक ६। एक नेपाली फोटोग्राफरले आफ्नो तस्वीर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चोरेको आरोप लगाएका छन् ।

अमेरिकामा बस्दै आएका विमल नेपालले आफ्नो फेसबुकमा राखेको दिपावलीको फोटो भारतीय प्रधानीमन्त्री मोदीले आफ्नो फेसबुक पेजमा कुनै क्रेडिट नदिइ राखेको भन्दै प्रतिलिपि अधिकार सम्वन्धी कानूनी उपचार खोज्ने धम्की दिएका छन् ।

मोदीले धनतेरसको अवशरमा शुभकामना व्यक्त गर्न फेसबुक पेजमा राखेको तस्वीरमा केहि चहकिला दियो बालिएको छ । बिमलले भनें सो तस्वीर अमेरिकाको क्याम्ब्रिज म्यासाच्युसेट्सस्थित आफ्नो निवासको डाइनिङ रुममा अघिल्लो वर्ष दिपावली गर्दा छोरी अविनाको सहयोगमा खिचेको बताएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको तस्वीर सहितको शुभकामना सार्वजनिक भएपछि विमल नेपालले आफ्नो फेसबुक पेजमा नरेन्द्र मोदीलाई समेत मेन्सन गर्दै भारतीय प्रधानमन्त्रीबाट आफ्नो फोटो बिना अनुमति र प्रतिलिपि अधिकारको वास्ता नगरी प्रयोग गरेको बताएका छन् ।

‘उनले फोटोग्राफरलाई क्रेडिट नदिइएको हुँदा कपिराइट अधिकारको मुद्धालाई अगाडी बढाउँदा के हुन्छ भन्ने प्रश्न गरेका छन् ।

विमलको फेसबुक पेज http://petapixel.com/2014/10/22/prime-minister-india-stole-photo मा यसबारेमा विस्तृत रुपमा हेर्न सकिन्छ ।

हिन्दुस्तान टाइम्स तथा विमल नेपालको फेसबुक पेजबाट

http://www.hindustantimes.com/world-news/modi-s-dhanteras-photo-on-facebook-creates-a-flutter-on-social-media/article1-1278208.aspx

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: