अन्तर्वार्तामा फेल भएर पनि शिक्षक !

बारा, ३ कार्तिक- माविमा नाम निकालेकालाई निमाविमा नियुक्ति दिई बैकल्पिक उम्मेद्वारलाई समेत छाडेर अन्तर्वार्तामै फेल भएको तेश्रो ब्यक्तिले माध्यामिक शिक्षकको नियुक्ति पाएको खुलासा भएको छ । माध्यमिक तहको नेपाली विषय शिक्षकका लागि स्थायी पदपूर्ति गर्न सञ्चालित महिला कोटाको अन्तर्वार्तामा फेल भएकी सीता अधिकारीलाई मावि शिक्षकमा नियुक्ति दिईएको हो ।

आयोगले नेपाली विषयको मावि शिक्षक पदका लागि लिएको लिखित परिक्षामा गुन्जा कुमारी गुप्ता, गीता कोईराला र सीता अधिकारी उतिर्ण भएका थिए । अन्तर्वार्ता पछि गुप्ता मुख्य उम्मेद्वार र कोईरालाको नाम बैकल्पिकको सुचिमा थियो । तर नियुक्ति भने अधिकारीले पाएपछि, परीक्षामा पास भएका र बैकल्पिक उम्मेद्वार दुवैले अन्याय भएको भन्दै विरोध गरेका छन् । राजनीतिक प्रभाव र भनसुनका आधारमा अधिकारीलाई नियतबस मावि शिक्षकमा नियुक्ति दिईएको उनीहरुको आरोप छ । आयोगले गरेको यस कार्यको उचित छानबिन गरी दोषीलाई कारवाही र पिडितलाई न्याय दिलाउन उनीहरुले अख्तियारको ध्यानाकर्षण समेत गराएका छन् ।

गुन्जा कुमारी गुप्ता

मावि शिक्षक पदका लागि अन्तर्वार्तामा उतिर्ण गुप्ताले निमावि तहको नेपाली शिक्षकको अन्तर्वार्तामा समेत नाम निकालेकी थिईन् । मावि शिक्षकको अन्तर्वार्ताको नतिजा अघि र निमाविको अन्तर्वार्ताको नतिजा पछि सार्वजनिक भए पनि आयोगले मावि तहमा नियुक्तिको लागि आफ्नो सिफारिस नपठाएको र निमाविको लागि मात्र पठाएको गुप्ताको आरोप छ ।

माविमा नियुक्तिको सिफारिस नपठाएकोले र निमाविमा सिफारिस पठाएको मितिले १५ दिनभित्र नियुक्ति नलिएपछि बैकल्पिकको नाम सिफारिस गरिने डर आफुलाई शिक्षा कार्यालयले देखाएकोले निमाविमा नियुक्ति लिन बाध्य भएको उनको दावी छ ।

मावि र निमावि दुवै तहमा उतीर्ण भएर पनि आयोगको बदनियतका कारण निमावि शिक्षकको रुपमा नियुक्ति लिन बाध्य भएको गुप्ताको भनाई छ । उनी अहिले बारा जिल्लाको सदरमुकाम कलैया स्थित नेपाल राष्ट्रिय उच्च माविमा निमावि शिक्षिकाका रुपमा नियुक्ति पाईसकेकि छिन् । उनले छाडेको मावि शिक्षकको पदमा अन्तर्वार्तामा फेल भएकी अधिकारीले नियुक्ति पाई कलैयास्थित पन्नादेवी उच्च माविमा पढाउन थालिसकेकी छन् । उनी असोज ३१ गतेदेखि हाजिर भएकी हुन् ।

  सीता अधिकारी

सीता अधिकारी

गुप्ताले निमाविमा नियुक्ति लिएपछि उनले छाडेको मावि शिक्षकको पदमा बैकल्पिक उम्मेद्वारको हकमा आफूले नियुक्ति पाउनु पर्ने कोईरालाको दावी छ । शिक्षक सेवा आयोगको नियमावली अनुसार मुल उम्मेदवारले नियुक्ति नलिएपछि बैकल्पिकको सुचीमा रहेको उम्मेद्वारले नै नियुक्तिको सिफारिस पाउनु पर्ने हो । तर नियुक्ति तेश्रो ब्यक्तिले पाएपछि आयोगले आफूलाई भेदभाव र बदनियत गरेको कोईरालाको बुझाई छ । ४० वर्ष उमेर नाघिसकेकोले अब आयोगको परिक्षा दिन नपाउने भन्दै उनी आफूँ अन्यायमा परेको बताउँछिन् । उनी नेपाल राष्ट्रिय उच्च मावि र मावि दुबैमा नेपाली विषयको अस्थायी शिक्षकका रुपमा कार्यरत छिन् ।

आफ्नो ठाउँमा अर्कैको नियुक्ति भएको थाह पाएपछि कोईराला पटक पटक जिल्ला शिक्षा कार्यालय धाईन् । तर कार्यालयले सुचना दिन समेत आनाकानी गरेको उनको भनाई छ ।

नियुक्तिको सुचना सरोकारवालालाई दिन समेत नचाहनुले अन्तर्वार्तामा फेल भएकी अधिकारीलाईनै नियुक्ति गर्ने नियत पुष्टि भएको उनको तर्क छ । त्यसैले आयोगले गुप्ताको नाम माबिका लागि सिफारिस नगरी निमाबिमा सिफारिस गरेको हो भन्ने कुरामा आफुहरु बिश्वस्त भएको गुप्ता र कोईरालाले बताए । गुुप्ताको नाम निस्केको माबिको शिक्षक पदमा अन्तर्वातामा फेल भएकी अधिकारीलाई नियुक्ति गर्ने नियतले नै मावि शिक्षकका लागि उनको सिफारिस नपठाई निमाविमा नियुक्ति लिन बाध्य पारेको हुन सक्ने उनीहरुको अड्कल छ । निमाविमा गुप्ताको नियुक्ति भईसकेपछि अधिकारीलाई उक्त पदको दाबेदार बनाई आफ्नो ठाउंमा नियुक्त गर्ने षडयन्त्रकारी काम भएको कोईरालाले बताईन् ।

गीता कोईराला

गीता कोईराला

शिक्षक पदपूर्तिको परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशन र शिक्षक नियुक्तिको सिफारिस गर्ने सबै काम आयोगकै भएकोले यसमा आफ्नो कुनै संलग्नता नहुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । ‘अनुत्तिर्ण सीता अधिकारीको नाममा किन र कसरी नियुक्तिको सिफारिस पठायो, यो कुरा आयोगसंग मात्र सम्बन्धित भएकोले यस विषयमा केही भन्न सक्दिन’ शिक्षा अधिकारी यमबहादुर खड्काले भने ‘आयोगले सीता अधिकारीको नाममा नियुक्तिका लागि सिफारिस पठाएकोले नियुक्ति दिएको हो ।’

‘आयोगले मनपरी तरिकाले अनुतिर्णलाई नै शिक्षकमा नियुक्ति दिने हो भने लिखित परीक्षा र अन्तर्वार्ता लिनुको कुनै औचित्य छैन’ नेपाल राष्ट्रिय उच्च माध्यामिक विद्यालय रघुनाथपुर बाराका प्राचार्य महम्मद सफिक अन्सारीले भने ‘आयोगले गरेको यो कार्य गलत हो यसलाई सच्याउनुपर्छ ।’

यो समाचार edukhabar.com मा प्रकाशित भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: