जनकका २ सय ५० भन्दा धेरै कर्मचारीको जागिर चट् !

भक्तपुर, कार्तिक २– जनक शिक्षा सामाग्री केन्द्रले अस्थाई, दैनिक ज्यालादारी र करारमा रहेका कर्मचारी हटाउने भएको छ ।

असोज १० गतेको मन्त्री स्तरीय निर्णयलाई उदृत गर्दै केन्द्रमा टाँसिएको सूचनामा कात्तिक १ गते अर्थात् शनिवार देखि लागू हुने गरी कर्मचारी हटाईएको ब्यहोरा उल्लेख छ ।

यसबाट केन्द्रमा रहेका ७ सय २० मध्ये २ सय ५० भन्दा धेरै कर्मचारीको जागिर सकिएको छ । कर्मचारीको विरोध हुन सक्ने अड्कल काट्दै केन्द्रले शनिवार विदाको दिन पारेर सूचना टाँसेको हो । विहान आठ बजे केन्द्रमा सूचना टाँसिए पछि कर्मचारीले दिउँसो मात्रै थाह पाएका थिए ।

यस बारेमा बुझ्न धेरै प्रयास गरेपनि केन्द्रका महाप्रबन्धक अनीलकुमार झाले विहानै देखि मोवाईल स्विच अफ गरेका कारण असफल भएको एक कर्मचारीले बताए । ‘राजनीतिक पूर्वाग्रह राखेर कर्मचारी हटाउने काम भएको छ, मन्त्रीका आफ्ना मान्छे भर्ति गर्ने प्रपञ्च हो ’ ती कर्मचारीले आरोप लगाए । केन्द्रमा रहेका कर्मचारी मध्ये छापाखाना चलाउने कर्मचारी नै ज्यालादारी र करारमा छन् ।

यसबारेमा शिक्षा मन्त्रालयलाई कुनै औपचारिक जानकारी नभएको सहसचिव डिल्लि रिमालले बताए । ‘मन्त्रालयलाई निर्णयको जानकारी छैन’ उनले भने ‘बोर्डमा सचिव ज्यू हुनुहुन्छ, उहाँ विदेश जानुभएको छ, मलाई यसबारेमा केही थाह भएन’ ।

बोर्ड सदस्य शिक्षा विभागका महानिर्देशक डाक्टर लवदेव अवस्थिले पनी आफूलाई केही जानकारी नभएको बताए ।

जनक शिक्षा सामग्री केन्द्र १ अर्ब घाटामा छ । गएको असोज पहिलो हप्ता बसेकोे व्यवस्थापिका संसद्को महिला बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समिति अन्र्तगतको शिक्षा उपसमितिको बैठकले केन्द्र बन्द गर्न निर्देशन दिएको थियो ।

सँधै घाटामा जाने संस्था राख्नुको औचित्य नभएको समितिको ठहर थियो । बैठकमा महाप्रबन्धक झाले संस्थानको वार्षिक १ अर्बको व्यापार घटेर हाल ४ करोडमा मात्र सीमित रहेको जानकारी दिएका थिए । संस्था घाटामा गएपछि कर्मचारीलाई तलव खुवाउन पनि हम्मे हम्मे पर्दै आएको छ ।

केन्द्रले विद्यालय तहको पाठ्यपुस्तक छपाइ गर्दै आएको छ । आवश्यक कर्मचारी र आधुनिक छापाखाना हुँदा पनि समयमा विद्यालय तहको पाठ्यपुस्तक छपाइ गर्न नसक्ने भएपछि सरकारले वार्षिक रूपमा ऋण दिँदै आएको छ ।

याे खबर एडुखबर डट कमले प्रकाशित गरेकाे छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: