‘एक रुपैंया’ भ्रष्टाचार प्रमाणित गरेर देखाउन चुनौती

काठमाडौं, असोज ३०– अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाले ‘एक रुपैंया’ भ्रष्टाचार प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा उनले एक रुपैंया पनि अनियमितता गरेको प्रमाणित भए आफु एक मिनेट पनि पदमा नबस्ने बताए । उनले भने ‘५८ करोड होईन, एक रुपैंया मात्र अनियमितता प्रमाणित भए म एक मिनेट पनि पदमा बस्दिन ।’

व्यक्तिगत महत्वकांक्षा पुरा गर्ने उद्देश्यले एन्फा पदाधिकारीले लेखा समितिमा उजुरी दिएको बताए । पत्रकारसँग बोल्दै उनले नेपाली फुटबल संरचनालाई तहसनहस पार्न खोज्नेलाई कहिल्यैपनि माफि दिन नसकिने बताए ।

एन्फा अध्यक्ष थापाले प्रारम्भिक छानविनकै भरमा निलम्बन गर्न निर्देशन दिनुले आफुलाई दुःखी तुल्याएको बताए । उनले छानबिनलाई तत्काल निश्कर्षमा पुर्‍याउन समेत आग्रह गरे । लेखा समितिको निर्णय आफुले मान्ने बताउँदै उनले समितिको निर्णयले आफुहरु अन्यायमा परेको उल्लेख गरे । पत्रकारसम्मेलनमा वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ, महासचिव धिरेन्द्र प्रधान लगायत उपस्थित थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय