कुवेतमा स्याङ्गजा सहयोग समाज गठन

लक्ष्मण खनाल, कुवेत– बैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा रहेका स्याङ्गजावासीको एक भेलाले स्याङ्गजा सहयोग समाज कुवेत गठन गरेको छ । कुवेतमा रहेका नेपालीहरुमा आउने समस्याहरुमा सहयोग गर्ने र नेपालमा हुने दैवी प्रकोप , प्राकृति प्रकोप जस्ता विपत्तिमा सहयोग गर्ने उद्देश्यका साथ कुवेतको मालिया सुक अल कविर गार्डेनमा बसेको भेलाले बि बि मल्ल ठकुरीको अध्यक्षतामा २१ सदस्यिय समिति गठन गरेको हो । जसको उपाध्यक्षहरुमा हुमाकान्त पाण्डे र केशव गुरुङ रहेका छन् । त्यस्तै सविचमा सर्वन कुमार थापामगर, सहसचिवमा विजय ढुङ्गाना, कोषाध्यक्षमा राजन आचार्य र सहकोषाध्यक्षमा अर्जुन प्रसाद ढुङ्गाना रहेका छन् । सदस्यहरुमा डिल्ली राम पाठक, रामु भट्टराई, विक्रम शाही, रुक्मांगत पाण्डे, सन्तोष कोइराला, सुनिल परियार, माधव श्रेष्ठ, झपड केसी, टेक बहादुर राना, केश गुरुङ, मनोज थापा, जमुना मल्ल र उमा गुरुङ रहेका छन् । भेलाले स्याङ्गजा सहयोग समाज अन्र्तराष्ट्रिय समन्वय समितिका सदस्य ठाकुर प्रसाद पौडेल र शिव कोइराला रहने गरी २ सदस्यिय सल्लाहकार समिति पनि चयन गरेको छ । समितिको पर्यवेक्षहरुमा गोविन्द अधिकारी, हर्क सिङ याङवो, धावा ठोकर र केशव सुनारलाई चयन गरेको छ । स्याङ्गजा सहयोग समाज अन्र्तराष्ट्रिय समन्वय समितिको विभिन्न राष्ट्रहरुमा समितिहरु निर्माण गर्ने अभियान अन्र्तगत समितिका सल्लाहकार संयोजक चन्द्र रोकाहाको विषेश पहल र समितिका सदस्य ठाकुर प्रसाद पौडेलको सक्रियतामा भेला आयोजना गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय