कस्तो छ परदेशीको दशैं योजना

खोटाङ वाक्सिलाका जगत अधिकारीले यसपटकको दशैं मलेसियामै मनाउँदैछन् । नेपालीहरुले ठूलो चाडका रुपमा मनाउने गरेको दशैंलाई अधिकारीले संगै काम गर्ने साथीसँग मिलेर मनाउने योजना बनाएका छन् । पेनांगमा ४ वर्ष देखि कार्यरत उनले दशैको टीकाको दिन काम गर्दै आएको कम्पनीबाट छुट्टी समेत मिलाएका छन् ।

“टीका लगाइन्छ, खसी काटिन्छ र साथीसंगै रमाइलो गरिन्छ” अघिकारीले दशैको योजना सुनाए । लामो समय देखि घरमा टीका लगाउन नपाएपनि साथीहरु संगै प्रवासमा वर्षेनी यसरी नै दशै मनाउने गरेको उनले बताए । दशैको वेला अन्य वेला भन्दा गाउँ घरको धेरै याद आउने उनी वताउँछन् । “दशैंका वेला गाउँ घर फर्किनेको लर्को लाग्दा म पनि कहिले चाडपर्वमा फर्किउँ झै लाग्छ तर वाध्यत आफ्नैै छ” अधिकारीको गुनासो थियो ।

सुनसरीको धरानका पदम अधिकारी अर्का नेपाली हुन् जो मलेसियामै चाडवाडको न्यास्रो मेट्दैछन् । शाहलम स्थीत एक मेटल कम्पनीमा चारबर्षदेखि कार्यरत अधिकारी छुट्टीमा नेपाल गएर हालै मात्र मलेसिया फर्केका हुन् ।

“दशैमा घर जान पाइएन त्यहि भएर केहि महिना अघि नेपाल पुगेर आएँ” उनले भने “यसबर्ष दशैंको रौनक उति धेरै छैन पनि ।” अघिल्लो बर्ष मलेसियामा सँगै दशैं मनाएका धेरैजसो साथिले यसपटक छुट्टी पाएर घर फर्केकाले पनि नरमाइलो भएको उनी बताउँछन् । त्यसैले केहि साथि मिलेर दशैं मनाउने योजना छ उनको ।

होस्टल वरीपरी वस्ने साथी भेला भएर गाउँघरकै जस्तो मार हान्दा एक दिन भएपनि गाउँको याद आउने उनी बताउँछन् । अघिल्लो वर्षको दशै सम्झँदै उनले भने “खसि काट्यौ, साथी भाइ भेला भयौ र त्यहाँ मध्येका अग्रजका हातबाट टीका लगायौ ।” यसपटक टीकाको दिन उनको कम्पनीमा काममा जानु पनि छ ।

शुक्रवार टीका परेपनि मलेसियामा रोजगारीका सिलसिलामा रहेका प्रायः नेपालीले आइतवारको दिन दशै मनाउने योजना बनाएका छन् । शुक्रवार कम्पनीमा काम हुने हुँदा आइतवार छुट्टीको दिन दशै मनाउने योजना छ अर्घाखाची गेजाका नविन कुमारको । “टीकाका दिन त १२ घण्टा मेसिनसंग विताइन्छ छुट्टीका लागि प्रयास गरेपनि नमिलेको नविनले वताए । टीका लगाउन नहुने भएकाले झापाका विष्णु काफ्लेलाई भने यस वर्ष खासै दशैको उल्लास छैन ।

sunayan ghimireइलाम वरवोटेका सुरञ्जन घिमिरेलाई पनि यस पटकको दशैंमा कुनै योजना बनाउन मन लागेको छैन । “कम्पनीमा काम गर्नुपर्ने वाध्यता छ के दशै भन्नु र” उनले भने । गाउँमा लगाएको पिंग र दशैमा भेटघाट हुने आफ्न्तको याद भनें विदेशमा धेरै आउने जोहरमा बस्दै आएका घिमिरे वताउँछन् ।

अर्घाखाँचीका पारस खनाललाई यस पटकको दशै जीवनकै खल्लो मध्येको एक भएको छ । खनालका अनुसार उनी यस वर्ष नेपालमा नै दशै मनाउने तयारीमा थिए र तर कम्पनीले दशै छेक छुट्टी कटौती गरेपछि घर गएर दशै मनाउने उनको योजना तुहियो । होस्टलमा बसेर दशैं मनाउने योजना समेत काममा जानु पर्ने भएपछि पूरा हुन सकेन ।

मलेसियामा रोजगारीका सिलसिलामा पहिलो पटक आएका शान्तिनगर झापाका शिव सुवेदी भने घर वाहिर पहिलो दशै भएकाले घरको यादले सताएको वताए । नेपालमा हुँदा दशैको रौनक वेग्लै हुन्थ्यो तर विदेशमा के चाडवाड भन्न पाउनु र ? sibha subediउनलाई दशैंको सम्झनाले निक्कै पिरोलेको छ । घरमा हुँदा चाडवाडको महत्व नै बेग्लै हुने भन्दै उनी विदेशमा त त्यो केवल चहर्याउने घाउ जस्तो हुने दुखेसो पोख्छन् ।

नवलपरासिका आदर्श भुसाललाई भने यसपटक नेपालमा दशै मनाउला भन्ने पुर्ण विश्वास थियो । विगत ७ वर्ष वाट विदेशमै दशै कटाएका भुषालले दशै अघि नै रोजगारी सकेर नेपाल फर्किन लागेका उनीलाई कम्पनीले एक महिना पछि नेपाल फर्कन भने पछि दशैं खल्लो लागेको छ ।

विराटनगर मिल्सएरियाका शम्भु महतो ‘राहुल’ले यस पटकको दशै साथीभाइसँग मनाउने भएsambu पनि यो पर्वमा छोराछोरीको याद धेरै आउने गरेको बताए । “विदेशमा हुँदा निक्कै गाह्रो हुँदो रहेछ चाडपर्वका वेला । नेपालमा झै भने जस्तो मनाउन नपाउँदा निक्कै दुःख लाग्छ तर चाडकै दिन कम्पनीमा काम गर्नु पर्ने भए पनि मन गाउँ घर तिर पुग्छ” उनको भनाई छ ।

मलेसियामा वसेर रोजगारी गरिरहेका धेरै नेपालीले यस पटक पनि दशैलाई आ–आफनौ तरिकाले मनाउन लागेका छन् । कम्पनीमा काम गर्ने भन्दा सेक्यूरिटीमा काम गर्ने नेपालीलाई दशैमा निक्कै नरमाइलो लाग्ने साहित्यमा रुची राख्ने सिरुखर्के जेठा वताउँछन् । “छुट्टी नपाउँदा भने जसरी चाड मान्न पाइदैन” उनले भने । त्यसो त मलेसियामा हिन्दु समुदायको पनि वसोवास रहे पनि यहाँका तामिल हिन्दुले दुर्गा पुजा गर्ने गरेका छैनन् । दिपावलीमा भने मलेसिया सरकारले एक दिन सार्वजनिक विदा नै दिने गरेको छ ।

(अर्जुन काफ्ले, मलेसिया )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: