घरेलु उद्यमका महिला हस्ती

देश परदेश, विराटनगर- ओखलढुङ्गामा जन्मीएकी ३६ बर्षीय चम्पा नेपाल छोटो समयमैं आफ्नो काममा सफल भईन् । आम्दानी नहुँदा दिनप्रतिदिन समस्या बढ्दै गएपछि दुई बर्ष अघि उनीसँग सिलाईकटाई तालिम सिकेर गुजारा गर्छु भन्ने सोच बन्यो । तर निशुल्क लिन पाईने तालिमका बारेमा बुझ्दै जाँदा जुत्ताचप्पल बनाउने तालिम मनपर्‍याे । त्यही तालिम हाे जसका कारण समयले पनी काेल्टे ‍फेर्‍याे ।

चम्पा नेपाल

घरेलु तथा साना उद्योग कार्यालय र अन्तराष्टिय श्रम संगठन आईएलओको सहयोगमा उनले जुत्ताचप्पल बनाउने तालिम लिईन् । ‘शुरुमा त के गर्ने केही थाहै पाईन,’ उनी भन्छिन्, ‘१५ दिन पछि त म आफै जुत्ताचप्पल बनाउने भई सकेको थिएँ ।’ तालिम लिएपछिको समस्या थियो, घर परिवारको काम पनि भ्याउनु पर्ने अनी आफ्नो सीपको पनि सहि प्रयोग । श्रीमान केदार नेपालको सहयोग पाएपछि चम्पाको सीपले उद्योगको रुप लियो चम्पा शुज सेन्टर तथा प्रशिक्षण केन्द्रको नाममा ।

‘त्यो बेलामा त म गृहीणी थिएँ, घरमा खाना मात्र बनाउने काम थियो । बाहिरी संसार त मलाई बिरानो लाग्थ्यो । त्यतिकै घरमा बसिन्थ्यो, गफ गरेरै दिन बित्थ्यो ।’ पुराना दिन सम्झिदै चम्पा भन्छिन् ‘अहिले त्यस्तो छैन, आँट्यो भने काम गर्न सकिदोरहेछ भन्ने भएको छ ।’

चम्पा अहिले आफ्नो उद्योग सञ्चालनसँगै तालिम पनि दिन्छिन् । घरेलु तथा साना उद्योगले भनेको ठाउँमा तालिम दिंदा दिनको एक हजार र बाहिर गएर तालिम दिँदा पाँच हजारसम्म पाईने उनले बताईन् ।

???????????????????????????????

सुनिता छाराहाङ

सामान्य परिवारमा जन्मिएर पनि मेहनतले सफल हुने महिला थुप्रै छन् हाम्रो समाजमा । विराटनगर हरिहर चोककी सुनिता छाराहाङ त्यस्तैमध्येकी एक हुन् । मसला बनाउने कामले अहिले उनलाई सफलता हात लागेको छ । तीन बर्ष अघि काम शुरु गर्दा गाउँका ६ जना महिलाको सहयोग र हातमा पाँच सय रुपैंया मात्र थियो । त्यहि कामको निरन्तरताले अहिले हाम्रो मसला राम्रो मसला ब्रान्डको मसला उद्योग स्थापित भएको छ ।

उनले शुरु गरेको समुहमा अहिले १५ जना महिला छन् । सबैको मेहनतले उद्योगको पुँजि ९ लाख पुगेको छ भने समुहका २ जनाले नियमित रोजगारी पाएका छन् । मसला उद्योगको व्यापार बढ्दै गएकाले केहिसमयपछि रोजगारीको संख्या थपिदै जाने उनी बताउँछिन् । उद्योगले उन्नती गर्दै गएपछि उनलाई लाग्न थालेको छ, ‘साँच्चै, जीवनकै राम्रो काम हो यो ।’

lila

लिला रिजाल

सीप सिकेर आँफैले काम शुरु गर्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने अर्को उदाहरण हुन् विराटनगरकी लिला रिजाल । उनले साथीसँग मिलेर शुरु गरेको शुभलक्ष्मी हस्तकला उद्योगका सामान देशका विभिन्न सुपरमार्केटबाट विक्रि भैरहेका छन् । उद्योगबाट उत्पादन हुने पार्टि ब्याग तथा क्रिस्टलका ब्यागहरु पुर्बी नेपालको चर्चित ब्राण्ड पनि बनिसक्यो ।

४७ बर्षको पाको उमेरमा थालेको काम बाट यत्तिको सफलता पाईन्छ भन्ने उनलाई लागेको थिएन । उनी भन्छिन् ‘सीप सिकेर आँटेको काममा कुनै पनि कुराले बाधा गर्दोरहेनछ ।’ अहिले उनको उद्योगमा ७ जनाले रोजगारीसमेत पाएका छन् ।

कस्तो कामबाट सफलता पाईन्छ भन्दा पनि बुझेर, सिकेर आँटेको कामको निरन्तरताले मान्छेलाई सफल बनाउँछ भन्ने उदाहरण हुन् चम्पा, लीला र सुनिता । उनीहरुको यो सफलता अरुका लागि पनि प्रेरणाको स्रोत बन्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: